गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित « Khabarhub

गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र एक महिलाको ज्यान गएको छ । स्थानीय नागरिक सुरक्षा निकायका अनुसार सात वर्षीय बालक इनारमा खसेर मृत्यु भएका छन् भने करिब तीस वर्षीया महिलाको तेज हावा र भारी वर्षाका क्रममा ज्यान गएको हो ।

आँधीबेहरीपछि उद्धार टोलीहरू पानीले भरिएका अस्थायी पालहरूमा खटिएर पानी निकासी र नाली सफा गर्ने काम गरिरहेका छन् । तर पर्याप्त स्रोत र उपकरणको अभावका कारण राहत कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको जनाइएको छ ।

अधिकारीहरूका अनुसार धेरै विस्थापित शिविरहरू हिलो र पानीले भरिएका छन्, जसले सर्वसाधारणलाई गम्भीर जोखिममा पारेको छ । 

आपतकालीन कक्षले तत्काल सुरक्षित आवासको आवश्यकता रहेको उल्लेख गर्दै कठोर मौसमका कारण कमजोर पालहरू नष्ट भएको र क्षतिग्रस्त घरहरू आंशिक रूपमा भत्किएको चेतावनी दिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : १० बजे

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण