दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू)  « Khabarhub

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने अन्तिम दिन आज निर्वाचन आयोगमा चटारो देखिएको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा बिहानदेखि नै विभिन्न दलका प्रतिनिधिहरूको आवतजावत बढेको छ ।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन हिजो र आज गरी दुई दिनको समय दिएको थियो । समयसीमा सकिन लाग्दा पनि ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने अहिलेसम्म सूची बुझाएका छैनन् ।

आयोगका अनुसार अन्तिम समयसम्म सूची नबुझाएमा कानुनी व्यवस्था अनुसार कारबाही हुने छ । यसैबीच, केही साना तथा क्षेत्रीय दलहरूले भने समयमै बन्द सूची दर्ता गराइसकेका छन् ।

सूची बुझाउने समयसीमा आज कार्यालय समयभित्रै सकिने भएकाले ठूला दलहरू अन्तिम क्षणमा आयोग पुग्ने सम्भावना रहेको आयोग स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : ४१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म