नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ « Khabarhub

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ५२ जनालाई पक्राउ गरिएको छ । 

जेनजी प्रदर्शनका क्रममा फरार भएकामध्ये ४२ जनालाई प्रहरीले पक्राउ गरेको र १० जना भागेर जिल्ला कारागारबाट अन्य कारागारमा हाजिर भएकालाई फर्काइएको नौबास्ता कारागारका जेलर जालन्धर भुसालले जानकारी दिए। 

कारागारबाट फरार भएकामध्ये अझै ९३ जना कारगारमा आउन बाँकी रहेको र देशका विभिन्न अन्य कारागारबाट पाँच जनालाई फिर्ता ल्याइएको भुसालले बताए। तत्कालीन अवस्थामा भागेका कैदीहरूलाई नजिकको कार्यालयमा हाजिर हुन निर्देशन दिइएको थियो । अहिले कारागार आउने क्रम रोकिएको छ । त्यसैले उनीहरू खुला सिमानाको फाइदा उठाएर भारत गएको अनुमान भुसालले लगाए ।  

नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ बालबन्दीमध्ये ३९ जनालाई पक्राउ गरिएको छ । नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर भागेकाहरू हालसम्म ३९ जना मात्र पक्राउ परेको जानकारी दिँदै उनीहरूको खोजी कार्य विभिन्न माध्यमबाट भइरहेको बताए। 

फरार भएका बालबन्दीलगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधारगृह र कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसीमा दिइएको थियो । तर अझै ३९ जना बालबन्दी पक्राउ नपरेको नौबस्ता बाल सुधारगृहले जनाएको छ ।

जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट भागेका ११५ जना बालबन्दीमध्ये ५८ जना पक्राउ परेका छन् । सुधार गृहका प्रमुख किशोर शर्माले केहीलाई पक्राउ गरिएको, केही अभिभावकले ल्याएको र केहीले आफैँ आत्मसर्पपण गरेको जानकारी दिए । सो सुधारगृहमा अझै ५७ जना फरार रहेका र उनीहरूको खोजी भइरहेको छ । 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा फरार बन्दी खोजी तथा पक्राउ कार्यदलका संयोजक पूर्णबहादुर खत्रीले फरार कैदीबन्दी नेपालमा नभएकाले पक्राउ गर्न नसकिएको उल्लेख गर्दै फरार भएका अधिकांश भारतमा लुकेको हुन सक्ने बताए । 

नौबस्ता बालसुधार गृहबाट भाग्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय विनेश घर्तीमगर, बाँकेका २० वर्षीय समीर थापा, दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवा गरेर पाँच जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
 

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : ४६ बजे

सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा

काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र दक्षिणकी चर्चित अभिनेत्री

प्रेम आलेलाई टिकट दिएपछि जब भीम रावलले माधव र प्रचण्डलाई ‘झपारे’

काठमाडौं- पूर्वपर्यटन मन्त्री प्रेम आले नेकपा एकीकृत समाजवादी पार्टी कायम

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा