रास्वपा समानुपातिकको प्रारम्भिक निर्वाचनमा रञ्जु र रमेशलाई लोकप्रिय मत « Khabarhub

रास्वपा समानुपातिकको प्रारम्भिक निर्वाचनमा रञ्जु र रमेशलाई लोकप्रिय मत


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रारम्भिक मतदानको परिणाम सोमबार सार्वजनिक गरिएको छ।

प्रारम्भिक मतदानको नतिजाअनुसार पुरुषतर्फ रमेश प्रसाईं र महिलातर्फ हालै मात्र प्रवेश गरेकी रञ्जु दर्शनाले लोकप्रिय मत पाएका छन् ।

दृष्टिविहीन नेता प्रसाईंले लोकप्रिय अर्थात् १८ हजार २२३ मत पाएर निर्वाचित भए । उता विवेकशीलबाट हालै मात्र प्रवेश गरेकी रञ्जुले १३ हजार ५५१ मतसहित महिलातर्फ पहिलो भएकी छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सामानुपातिक उम्मेदवार छनौटको प्रारम्भिक निर्वाचनमा बागमती प्रदेश अन्तर्गत ‘खस आर्य’तर्फ १३ हजार ५ सय ५१ मतसहित समग्रमा तेस्रो स्थान मिलेको छ’, उनले भनेकी छन्, ‘महिलातर्फ पहिलो हुनेगरि भोट दिनहुने देश-विदेशमा रहनु भएका सम्पूर्ण पार्टी सदस्यप्रति हार्दिक आभार व्यक्त गर्दछु।’

प्रारम्भिक निर्वाचनमा पत्रकारिता छाडेर रास्वपाको राजनीतिमा होमिएमा सिन्धुपाल्चोकका प्रमोद न्यौपाने दोस्रो लोकप्रिय अर्थात् प्रसाईंपछि सर्वाधिक १४ हजार १६७ मत पाएका छन् । उनीपछि रञ्जु समग्रमा तेस्रो स्थानमा रहेकी हुन् ।

उता सामाजिक सञ्जालमा भाइरल भएर रास्वपामा छिरेकी टीका संग्रौला (ज्वाला) ले १३ हजार १०६ मत पाएकी छन्। उता लीमा अधिकारीले १२ हजार ७६० मत पाएकी छन् । अर्कातिर विकेकशीलबाट रञ्जुसँगै रास्वपामा आएकी समीक्षा बास्कोटा १२ हजार ४६० मत पाएकी छन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ४ : ४४ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही