डा.कोइरालाको नेतृत्वमा बनाइएको बहुविशिष्ट बाल अस्पताल सञ्चालनमा  « Khabarhub

डा.कोइरालाको नेतृत्वमा बनाइएको बहुविशिष्ट बाल अस्पताल सञ्चालनमा 


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाको नेतृत्वमा बनाइएको बहुविशिष्ट बाल अस्पताल सञ्चालनमा आएको छ । 

बालबालिकाको स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यले खोलिएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) ले आइतबारबाट ओपीडी सेवा सुरु गरेको छ ।

बुढानीलकण्ठ नगरपालिका–७ मा अवस्थित यस अस्पतालमा दुई हप्ताभित्र इन्डोर सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । 

अस्पतालमा बालरोग विशेषज्ञ डाक्टरहरूद्वारा परामर्श सेवा, एक्स रे, ईसीजी, इको, अल्ट्रासाउन्ड र प्रयोगशाला परीक्षणसहित सबै डायग्नोस्टिक सुविधा उपलब्ध गराइएको छ ।

हाल ५० भन्दा बढी बेडको व्यवस्था गरिएको अस्पताललाई ६ महिनाभित्र १०० बेड र एक वर्षभित्र २०० बेडमा विस्तार गर्ने लक्ष्य लिइएको छ । 

डा.कोइरालाले काठमाडौंमा केन्द्रीय अस्पतालसहित सातै प्रदेशमा स्याटेलाइट सेन्टर स्थापना गर्ने महत्वाकांक्षी योजना अघि बढाएका छन् । 

यस क्रममा पहिलो स्याटेलाइट सेन्टर कोशी प्रदेश, दमकमा नेपाल रेडक्रस सोसाइटीको भवनबाट सञ्चालनमा आएको छ ।

केन्द्रीय स्तरमा २०० बेडको अस्पताल र अन्य प्रदेशमा आवश्यकताअनुसार ५०–१०० बेडको अस्पताल निर्माण गर्ने लक्ष्य रहेको छ । स्याटेलाइट सेन्टरहरूमा पनि आईसीयू, एनआईसीयू, पीआईसीयू, जनरल केयर र सर्जिकल केयर सुविधा उपलब्ध हुनेछन् । 

अत्यन्त जटिल र मल्टिस्पेसियालिटी उपचार आवश्यक परेमा बिरामीहरूलाई काठमाडौंको केन्द्रीय अस्पतालमा पठाउने व्यवस्था गरिएको छ।

डा.कोइरालाले काठमाडौं र झापाका अस्पताललाई मोडल बनाएर अन्य प्रदेशमा बाल अस्पताल फैलाउने लक्ष्य राखेका छन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ५ : २१ बजे

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी

चीनसँग विज्ञान–प्रविधि सहकार्य अघि बढाउने तयारी, मन्त्री पुन र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका