बालेनबारे राजेन्द्र महतो भन्छन् : जनताले मत दिए भने प्रधानमन्त्री बन्लान् « Khabarhub

बालेनबारे राजेन्द्र महतो भन्छन् : जनताले मत दिए भने प्रधानमन्त्री बन्लान्


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साह मिल्नु कुनै अनौठो नभएको बताएका छन् ।

सोमबार निर्वाचन आयोगमा समानुतिकको बन्दसूची बुझाएर निस्किने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले आफूहरूको पार्टीबाट जेन-जीहरूलाई पनि उम्मेदवार बनाउने बताउँदै बालेन र रविको मिलनलाई सामान्य भने ।

‘बालेन र रवि मिल्नु नौलो होइन । जनताले मत दियो भने बालेन्द्र साह पनि प्रधानमन्त्री बन्न सक्छ’, उनले भने, ‘यो कुनै अनौठो कुरा भएन ।’

उता जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले रेणु यादवहरू जसपा नेपालतिर फर्किनुलाई सामान्य भने ।

‘जसपाबाट रेणु जसपा नेपालतिर जानु एउटा स्वभाविक र प्राकृतिक विषय हो । मानिसलाई जहाँ सहज हुन्छ, त्यहाँ बस्न पाउँछ’, उनले भने।

राईले उपेन्द्र यादवसँगको झगडाबारे पनि बोले । ‘उपेन्द्र यादवले मलाई देखाएको पनि होइन, मैले पनि उनलाई देखाएको होइन । तपाईंहरूले हेरेको मात्रै हो’, उनले अगाडि भने ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ५ : ०६ बजे

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा