सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत « Khabarhub

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित बजेटको आठ दशमलव चार प्रतिशत मात्र खर्च भएको छ । 

 आर्थिक मामिला मन्त्रालयको प्रतिवेदनअनुसार चालु खर्चतर्फ विनियोजित १३ अर्ब ६३ करोड ५५ लाख ४२ हजार बजेटमध्ये मङ्सिरसम्म १६ दशमलव ५१ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ विनियोजित १९ अर्ब ८३ करोड पाँच लाख छ हजारमध्ये दुई दशमलव ८९ प्रतिशत मात्र खर्च भएको छ ।  

 यो अवधिमा सवारीसाधन करतर्फ रु २६ करोड ११ लाख ८९ हजार राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा २५ करोड ९७ लाख नौ हजार संकलन भएको थियो । घरजग्गा रजिष्ट्रेशन दस्तुर भने घटेको छ । 

यो शीर्षकमा गत वर्ष मङ्सिरसम्म रु १५ करोड १७ लाख ७० हजार संकलन भएकामा चालु आवको सोही अवधिमा रु आठ करोड २० लाख सात हजार संकलन भएको हो । मनोरञ्जन कर, विज्ञापन कर र प्राकृतिक स्रोतबाट प्राप्त आयमा समेत उतारचढाव देखिएको छ ।   

 अन्य सेवा शुल्क तथा बिक्री शीर्षकमा भने गत वर्ष मङ्सिरसम्मको रु चार करोड १२ लाख ५१ हजारबाट वृद्धि भई यो वर्षको सोही अवधिमा रु आठ करोड २३ लाख ५६ हजार पुगेको छ । प्रदेश सरकारले चालु आवमा राजस्व संकलनको लक्ष्य एक अर्ब ६५ करोड राखेको छ । गत आव २०८१-८२ मा राजस्व संकलनको लक्ष्य रु एक अर्ब ६० करोड सात लाख १५ हजार राखेको थियो । 

आव २०८१-८२ मङ्सिरसम्म रु ४८ करोड ७६ लाख २३ हजार संकलन भएकामा चालु आवको सोही अवधिमा ४५ करोड २४ लाख ८४ हजार संकलन भएको हो ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : ५० बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२