निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव « Khabarhub

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान शासकीय प्रणाली सुधारका साथै महँगो निर्वाचन प्रणालीमा सुधार गर्न संविधान संशोधन आवश्यक रहेको बताए ।

आज जनकपुरधाममा पार्टीको मधेस प्रदेश समितिले आयोजना गरेको जनप्रदर्शन तथा विरोधसभामा बोल्दै उनले वर्तमान अवस्थामा प्रदेशलाई अधिकार सम्पन्न बनाउन प्रदेश अन्तर्गत प्रहरी र प्रशासन हुन जरुरी रहेको बताए ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावका लागि पार्टीले तयारी सुरु गरेको बताउँदै उनले लोकतन्त्रमा कुनै पनि लोकतान्त्रिक पार्टी चुनावबाट पछाडि जान नमिल्ने उल्लेख गरे ।

उनले जेनजी पुस्ताले उठाएको कुशासनको अन्त्य तथा सुशासनको स्थापनाका लागि अहिले निर्वाचन तथा शासकीय प्रणालीबाट कठिन हुने बताउँदै मुलुकमा स्थिरता तथा सुशासनका लागि कार्यकारी राष्ट्रपतिको चुनावका लागि शासकीय प्रणालीमा सुधारका लागि संविधान संशोधन जरुरी रहेको बताए ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ८ : १८ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने