पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार « Khabarhub

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१ जना जोखिममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारले जटिल अवस्थाका गर्भवती, सुत्केरी र नवशिशुको हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा पु(याउने गरेको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेशकुमार केसीले जोखिममा रहेका गर्भवती र सुत्केरीको जीवनरक्षाका लागि हवाई उद्धार प्रभावकारी बनेको बताएका छन् ।

प्रदेश सरकारले जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार कार्यविधि–२०८० अनुसार हवाई उद्धारसम्बन्धी सेवा प्रदान गर्दै आएको उनको भनाइ छ ।

“सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारको प्रत्याभूतिका लागि प्रदेश सरकारले गर्भवती र सुत्केरीको हवाई उद्धार कार्यक्रम सञ्चालन गरिरहेको छ”, महाशाखा प्रमुख डा केसीले भने, “हवाई उद्धारले जोखिममा रहेका गर्भवती, सुत्केरी र नवशिशुलाई अकालमै मृत्यु हुनबाट जोगाएको छ ।”

अठार घण्टा बढी प्रसव व्यथा लागि बच्चा जन्माउन कठिनाइ भएमा, पाठेघरभन्दा बाहिर बच्चा रहेमा, गर्भमा नै शिशुको मृत्यु भएमा, गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएमा, सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव भएको अवस्थामा हवाई उद्धार गरिँदै आएको छ ।

स्थानीयस्तरमा उपचार नहुने र तत्काल आकस्मिक व्यवस्थापन हुन नसकी ज्यान जोखिममा पर्ने अवस्थाका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने गरिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १० : ४५ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको