एटलान्टा र बार्सिलोनाको खेल बराबरीमा सकियो « Khabarhub

एटलान्टा र बार्सिलोनाको खेल बराबरीमा सकियो


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको पहिलो चरणको अन्तिम खेलमा बार्सिलोना र एटलान्टाको २-२ गोलको बराबरी भएको छ।

गोलरहित बराबरीमा पहिलो हाफ सकिएको सो खेलमा दोस्रो हाफ सुरु हुने बित्तिकै राफिन्हाको क्रसमा गोल गर्दै लामिन यमालले बार्सिलोनालाई अग्रता दिलाएका थिए। ६७ औँ मिनेटमा एडरसनले एटलान्टाका लागि बराबरी गोल फर्काएका थिए।

खेलको ७२ औँ मिनेटमा रोनाल्ड अराउजोले बार्सिलोनालाई दोस्रो पटक अग्रता दिलाए। मारियो पासालिकले गोल गर्दै एटलान्टालाई फेरि बराबरीमा फर्काएका हुन्। यो बराबरीसँगै दुवै टिमले अंक बाँडेका छन्।

यो खेलसँगै बार्सिलोना दोस्रो स्थानमा रहँदै सिधै दोस्रो चरणमा प्रवेश गरेको छ भने एटलान्टा बराबरीपछि नवौँ स्थानमा झर्दै प्ले अफ खेल्ने भएको छ। प्ले अफमा एटलान्टाले स्पोर्टिङ या ब्रुग मध्य एकसँग खेल्ने छ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ५ : ३९ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र