युरोपेली च्याम्पियन्स लिग : तीन इङ्लिस टोली सिधै दोस्रो चरणमा « Khabarhub

युरोपेली च्याम्पियन्स लिग : तीन इङ्लिस टोली सिधै दोस्रो चरणमा

म्यानचेस्टर सिटी प्ले अफमा


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणमा सिधै तीन इङ्लिस टोली प्रवेश गरेका छन्। यसैगरी चौथो टोली म्यानचेस्टर सिटी भने प्ले अफका लागि छनोट भएको छ। सहभागी ३६ टोली मध्य ८ टोली सिधै दोस्रो चरण प्रवेश गरेका छन्। नवौँदेखि २४ औँ स्थानमा रहने टोलीको बिचमा प्ले अफ खेल हुनेछ।

बुधबार भएको पहिलो चरणको अन्तिम खेलमा यस अघि नै दोस्रो चरणमा प्रवेश गरिसकेको लिभरपुल भने पिएसभी आइन्ड होभेनसँग ३-२ ले पराजित भयो। खेलको २८ औँ मिनेटमा कोडी गाप्कोको गोलमा लिभरपुलले पहिलो पटक अग्रता लिएको थियो।

जोहान बाकायाकोले घरेलु टोली पिएसभीका लागि बराबरी गोल गरे पनि हार्भी इलियटले ४० औं मिनेटमा लिभरपुललाई दोस्रो पटक अग्रता दिलाए।

इस्माइलो साबारी र रिकार्डो पेरडीले गोल गरेपछि लिभरपुल यस सिजनको च्याम्पियन्स लिगमा पहिलो हार स्वीकार गर्न बाध्य भयो। यसअघि सात खेलमा नै जित हात पारेको लिभरपुल पहिलो स्थान पाउँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो।

अर्को खेलमा अस्टन भिल्लाले सेल्टिकलाई ४-२ ले हरायो। अस्टन भिल्लाका लागि मोर्गान रेजर्सले ह्याट्रिक गरे। यसैगरी वाले वाटकिन्सले अर्को गोल गरे। सोही जितपछि आर्सनल पहिलो चरणमा आठौँ भयो।

गीरोनासँगको खेलमा २-१ को सफलता पाउँदै आर्सनल सिधै दोस्रो चरणमा प्रवेश गरेको छ। २८ औँ मिनेटमा अर्नाउट डान्जुमाले गिरोनालाई अग्रता दिलाए पनि जर्जिन्हाले त्यसको १० मिनेटपछि नै बराबरी गोल गरे। १७ वर्षीय नाथन एनवारीले ४२ औँ मिनेटमा आर्सनलका लागि विजयी गोल गरे। जितपछि आर्सनल १९ अङ्कसहित तेस्रो भएको हो।

खराब लयमा गुज्रिरहेको म्यानचेस्टर सिटी भने क्लब ब्रुगलाई ३-१ ले हराउँदै प्ले अफमा छनोट भएको छ। पहिलो हाफमा राफेल ओनाडिकाको गोलमा ब्रुगले अग्रता लिएपछि सिटी २४ टोलीमा नअटाएर बाहिरिने सम्भावना देखिएको थियो। दोस्रो हाफमा मेटाओ कोभासिक र साभिन्होको गालेले सिटी जोगियो। ब्रगका जियोल ओर्डोनोजले आत्मघाती गोल गरे। सिटी र ब्रग दुवै ११ अङ्कसहित प्ले अफका लागि छनोट भए।

JPG converted with https://ezgif.com/webp-to-jpg

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ८ : २३ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र