शहीद परिवारलाई नगदसहित सम्मान « Khabarhub

शहीद परिवारलाई नगदसहित सम्मान


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको इच्छाकामना गाउँपालिकाले शहीद परिवारलाई नगदसहित सम्मान गरेको छ । शहीद दिवसका दिन बुधबार इच्छाकामना–२ स्थित हपनीमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका शहीदका परिवारलाई पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले उनीहरूलाई सम्मान गरेका हुन् । उनले. शहीदहरुका कारण देशमा परिवर्तन सम्भव भएको बताए ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले प्रतिपरिवार पाँच हजार रुपैयाँ प्रदान गरिएको बताउँदै आगामी दिनमा शहीद परिवारका आवश्यकतालाई पनि सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिकाले २०३४ सालको पञ्चायती शासनविरुद्धको जुगेडी काण्डका शहीद वडा नम्बर २ का दशरथ चेपाङ, सन्तबहादुर चेपाङ, चन्द्रबहादुर चेपाङका साथै माओवादी युद्धका क्रममा शहीद भएका वडा नम्बर २ का जीवन बुढाथोकी र वडा नम्बर ३ का चन्द्रबहादुर गुरुङ (दीपेश) को परिवारलाई सम्मान गरेको हो ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  १० : १४ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष