कांग्रेस महामन्त्री थापा सुदूरपश्चिमका धार्मिक पीठहरूको भ्रमणमा « Khabarhub

कांग्रेस महामन्त्री थापा सुदूरपश्चिमका धार्मिक पीठहरूको भ्रमणमा


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा सुदूरपश्चिमका धार्मिक पीठहरूको भ्रमणमा गएका छन् ।

उनी बिहीबार बिहान हेलिकप्टरमार्फत सुदूरपश्चिमका पहाडी जिल्लामा अवस्थित धार्मिक पीठहरूको भ्रमणमा गएका हुन् ।

नेपाल प्रेस युनियन डडेल्धुराका अध्यक्ष योगेन्द्र रावलका अनुसार महामन्त्री थापा सवार हेलिकप्टर बिहान उग्रतारा मन्दिर नजिकै अवतरण भएको थियो । उनले थापासहितको टोली उग्रतारा मन्दिरको दर्शन गरेर बैतडीतर्फ उडेको जानकारी दिए ।

‘कांग्रेस महामन्त्री गगन थापा उग्रतारा मन्दिरको दर्शनमा आउनुभएको डडेल्धुरा प्रहरीले भन्यो,’ अध्यक्ष रावलले भने,‘प्रहरीले नै उहाँ सवार हेलिकप्टर डडेल्धुरा उडेको जानकारी दियो । मैले बैतडी कांग्रेसका सभापति चतुरबहादुर चन्दलाई यसबारेमा बुझ्न खोज्दा उहाँले जानकारी नभएको बताउनुभयो ।’

महामन्त्री थापा श्रीमती डा. अन्जना केसीका साथ सुदूरपश्चिम पुगेका हुन् । थापा निकट कैलाली अत्तरियाका कांग्रेस नेता लोकराज पाण्डेय ‘आगो’ले फेसबुकमा महामन्त्री थापासहितको तस्बिर राख्दै सुदूरपश्चिमका धार्मिक पीठहरू उग्रतारा, त्रिपुरा सुन्दरी, उदयदेव, बडिमालिका, खप्तड लगायतको यात्रामा सफलताका कामना गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ११ : १८ बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार