सतिघाट–दिङ्ला सडक : दुई आर्थिक वर्षमा दुई किलोमिटर कालोपत्र | Khabarhub Khabarhub

सतिघाट–दिङ्ला सडक : दुई आर्थिक वर्षमा दुई किलोमिटर कालोपत्र


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भोजपुर– वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य भएर वषौँबाट समस्या भोग्दै आएको सडक कालोपत्र भएपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकलाई सहजता भएको छ । 

बढीमा मात्रमा समस्या हुने सतिघाट–दिङ्ला करिब दुई किलोमिटर सडक कालोपत्र गरिएपछि स्थानीयलाई सहजता भएको हो । कोशी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय अन्तर्गत दुई किमी सडक कालोपत्र सम्पन्न भएको हो । 

यस आर्थिक वर्षमा रु। दुई करोड २० लाख लागतमा दोश्रो खण्डको बाह्र सय मिटर सडक कालोपत्र सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । गत आर्थिक वर्षमा पहिलो खण्डको आठ सय मिटर कालोपत्र सम्पन्न गरिएको उनको भनाइ छ । 

दुई आर्थिक वर्षमा दुई किमी सडक निर्माण सम्पन्न भएको उनले जानकारी दिए । 

‘सातिघाट–दिङ्ला सडक कालोपत्र गरिरहेका छौँ’ प्रमुख रेड्डीले भने ,’यो सडकमा बर्सेनि थोरै थोरै मात्र बजेट आउने गरेको छ । यो आर्थिक वर्षमा करिब बाह्र सय मिटर सडक कालोपत्र सम्पन्न भएको छ ।’

उत्तरी क्षेत्रको लागि निकै महत्त्वपूर्ण सडक भए पनि राज्यबाट कम मात्र बजेट विनियोजन हुँदा थोरै-थोरै मात्र सडक कालोपत्र गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

राज्यले यस्ता महत्त्वपूर्ण सडकलाई बहुवर्षिय सडकमा राखेर प्राथमिकताका साथ बजेट विनियोजन गर्नु पर्ने उनले बताए । यो सडक खण्डको कुल लम्बाई बाह्र किलोमिटर रहेको उनको भनाइ छ ।

यहाँ प्रि मिक्स प्रविधिबाट सडक कालोपत्र गरिएको हो । सडक तोकिएको मापदण्ड अनुसार गुणस्तरियढंगले निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका सव–इन्जिनियर चन्द्र शेखर सिंहाले बताए। सडकमा लगाएको सामग्रीको ल्याब परीक्षण गरेर मात्र प्रयोगमा ल्याइएको उनको भनाइ छ ।

 २०८० चैत महिनाबाट सुरु भएको सडक निर्माणको ११ महिनामा सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि नवीन यादवले बताए ।   सातिघाट–दिङ्ला सडक कालोपत्र भएपछि सहजता भएको स्थानीयबासीको भनाइ छ । 

 भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटमा पक्की पुल बन्न आवश्यक रहेको स्थानीयबासी नवीन कार्कीले बताए। राज्यको तहबाट यहाँ पक्की पुल निर्माण पहल भएदेखी स्थानीय बासीलाई थप सहजता हुने उनको भनाइ छ । 

यो प्रदेश सरकारको बजेटमा सडक कालोपत्र भएपछि आवतजावतमा सहजता भएको  षडानन्द ६ का वडाध्यक्ष सुमन विसुन्केले बताए। सडक कालोपत्रले स्थानीयलाई सहज भए पनि अरुण नदीमा पक्की पुल नहुँदा भने समस्या रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  १२ : २५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल फागुन २३ गते शुक्रबार फागुन

आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल फागुन २३ गते शुक्रबार फागुन

निःशुल्क स्वास्थ्य शिविरबाट ५५३ जना लाभान्वित

कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिकामा दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट

बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने

लुम्बिनी – बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने