नेपालगञ्जमा नागरिक स्तरबाट क्रियापुत्री भवन निर्माण « Khabarhub

नेपालगञ्जमा नागरिक स्तरबाट क्रियापुत्री भवन निर्माण


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा – नेपालगञ्जमा नागरिक स्तरबाट रु एक करोड बढीको लागतमा क्रियापुत्री भवन निर्माण गरिएको छ । बढ्दो सहरीकरणका कारण घरघरमा काजक्रिया कर्म गर्न असहज हुँदै गएपछि नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित शिव पार्वती मन्दिर अगाडि किरियापुत्री भवन निर्माण गरिएको हो । 

करिब तीन कठ्ठा जग्गाभित्र रु एक करोड १६ लाख ६७ हजार ८८० लागतमा साढे दुई तले सुविधा सम्पन्न क्रियापुत्री भवन निर्माण गरिएको निर्माण समितिका संयोजक सेमराज शाक्यले जानकारी दिए । उनका अनुसार साढे दुई तले उक्त भवनमा पुरुष र महिला क्रियापुत्री अलग अलग बस्ने कुरुवा कोठा र प्रशासनिक प्रयोगका लागि व्यवस्था मिलाइएको छ । सहरी क्षेत्रमा डेरामा बस्ने मानिसलाई क्रियाकर्मको संस्कारका काम गर्न अब सहज हुनेछ । 

“हिन्दू धर्ममा जन्म र मृत्यु संस्कार निकै महत्वपूर्ण मानिन्छ, यसै कुराको दृष्टिगत गर्दै नेपालगञ्जको बसपार्क नजिक क्रियापुत्री घर निर्माण गरेका छौँ”, संयोजक शाक्यले भने, “नागरिक स्तरबाट पहल र सहयोगबाट क्रियापुत्री भवन निर्माण गर्न सफल भएका छौँ ।”

नागरिकस्तरमा पहल लिएर निर्माण गरिएको अत्याधुनिक सुविधासहितको क्रियापुत्री भवनको आज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे । सो अवसरमा उनले किरियापुत्री भवनले दुःखद कार्यमा परेका नगरवासीलाई सहजता प्राप्त हुने विश्वास व्यक्त गरे । उनले नेपालगञ्जमा टड्कारो रूपमा किरियापुत्री भवनको आवश्यकता महसुस हुँदै आएकामा सबैको साझा प्रयास र सहभागिताबाट भवन बन्नु सराहनीय कार्य भएको बताए।

विभिन्न क्षेत्रमा आबद्ध अगुवा समाजसेवीको पहलमा शिव पार्वती मन्दिरको जग्गामा विभिन्न दाता तथा सरकारी स्रोतको साझेदारीमा क्रियापुत्री घर निर्माण गरिएको निर्माण समितिका सचिव वसन्त लामिछानेले जानकारी दिए।

नेपालगञ्ज–६ फुल्टेक्रा निवासी माधवी शाहले १० लाख प्रदान गरी पहिलो संकल्पकर्ता बनेर नागरिक स्तरबाट क्रियापुत्री घर निर्माणको पहल थालेपछि सबै क्षेत्रबाट सहयोग प्रदान हुँदै आएको उनको भनाइ छ । 

नागरिक स्तरबाट निर्माण सम्पन्न भएको क्रियापुत्री भवनका लागि हालसम्म उपमहानगरपालिकाबाट रु पाँच लाख मात्रै सहयोग प्राप्त भएको निर्माण समिति कोषाध्यक्ष अनिता शाहले जानकारी दिए । 

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  २ : २७ बजे

संसद्‍मा प्रतिपक्षीको विरोध, कांग्रेसले भन्यो : सरकारको अहंकार र दम्भले लोकतन्त्र खतरामा पर्दैछ

काठमाडौं- नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री वालेन्द्र शाहले

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले अकालमै

खोटाङमा घरमै राहदानी वितरण सुरु

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पुर्‍याउन जिल्ला

प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली

लैङ्गिक उत्तरदायी बजेटलाई अझै ‘महिला लक्षित बजेट’ कै रूपमा बुझ्ने प्रवृत्ति

काठमाडौं– नेपालमा लैङ्गिक समानता तथा महिला अधिकार प्रवर्द्धनका लागि लागू