‘एक्टर’ विवादमा मुद्दा फिर्ता गर्ने सहमति, हलमा जाने बाटो खुल्यो « Khabarhub

‘एक्टर’ विवादमा मुद्दा फिर्ता गर्ने सहमति, हलमा जाने बाटो खुल्यो


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘एक्टर’ र ‘एक्टर : टेक वान’को नामको विवाद सहमतिमा टुंगिएको छ । जिल्ला अदालत काठमाडौंमा पुगेको विवाद दुवै पक्षको सहमतिमा टुङ्गिएको हो ।

फिल्म एक्टरको तर्फबाट सम्राट थापा, मोती कार्की र ‘एक्टर : टेक वान’का निर्माता थमन कुमार भण्डारीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सहमति भएको जानकारी दिइएको हो ।

विज्ञप्तिमा शुक्रबार अदालत खुलेपछि मुद्दा फिर्ता गर्ने सहमति भएको उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा बिहीबारबाटै ‘एक्टर : टेक वान’लाई प्रदर्शनमा ल्याउन हलहरूलाई अनुरोध गरिएको छ ।

फिल्म प्रदर्शनम सहजीकरण गर्न आग्रह गर्दै दुवै पक्षले चलचित्र विकास बोर्डलाई संयुक्त निवेदन समेत लेखेका छन् ।

गत मंगलबार काठमाडौं जिल्ला अदालतले ‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न आदेश दिएको थियो । आफ्नो फिल्मको नाम चोरी भएको भन्दै ‘एक्टर’का लेखक सम्राट थापाले मुद्दा दर्ता गरेका थिए ।

अदालतबाट यस मुद्दामा प्रदर्शन मितिको अघिल्लो दिन अर्थात् माघ १५ गते ‘एक्टर ः टेक वान’को प्रदर्शन स्थागन गर्न अल्पकालीन आदेश जारी भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ३ : ११ बजे

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं– विपक्षी दलको अवरोधबीच चलिरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि

महालेखापरीक्षकको प्रतिवेदन : ४९ वटा झोलुङ्गे पुल अलपत्र

काठमाडौं– तुइन विस्थापन गरी नागरिकलाई सहज रुपमा आवतजावत गर्न निर्माण

महालेखा परीक्षकको प्रतिवेदन : ४९ वटा झोलुङ्गे पुल अलपत्र

काठमाडौं– तुइन विस्थापन गरी नागरिकलाई सहज रुपमा आवतजावत गर्न निर्माण

छाडा पशुचौपाया : बहुआयामिक असर र समाधानका प्रयास

घोडाघोडी– आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेतबारी जोत्न प्रयोग गरिने गोरु

नयाँ हुनुको अर्थ विगतबाट अलग हुनु होइन : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा