कांग्रेसले माघ २२ र २३ मा जिल्ला सभापति र उपसभापतिलाई प्रशिक्षण दिँदै  « Khabarhub

कांग्रेसले माघ २२ र २३ मा जिल्ला सभापति र उपसभापतिलाई प्रशिक्षण दिँदै 


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले जिल्ला सभापति र उपसभापतिहरूको भेला आयोजना गर्ने भएको छ । कांग्रेसले कास्कीको पोखरामा माघ २२ र २३ मा ७७ वटै जिल्लाका सभापति र उपसभापतिहरूको भेला आयोजना गर्ने भएको हो ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पोखरामा जिल्ला सभापति र उपसभापतिहरूको भेला आयोजना हुन गइरहेको जानकारी दिए । उनले जिल्लामा जिल्ला प्रशिक्षण शाखाको संयोजकको जिम्मेवारीमा रहेका एक जना उपसभापति र जिल्ला सभापतिलाई आमन्त्रण गरिएको पनि बताए । 

कांग्रेसमा दुई जना उपसभापति हुन्छन् । जसमध्ये एक जनाले जिल्ला प्रशिक्षण शाखाको संयोजन गरिरहेका हुन्छन् । कास्की सभापति बरालले भेलामा सहभागी सभापति र उपसभापतिहरूलाई पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण दिने पनि जानकारी दिए । 

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पोखरामा आयोजना हुन गइरहेको सभापति र उपसभापतिहरूको भेलामा इच्छुक केन्द्रीय सदस्यहरू पनि सहभागी हुने बताए । 

‘माघ २२ र २३ गते ७७ वटै जिल्लाका सभापति र एक जना उपसभापतिहरूलाई प्रशिक्षण दिन भेला हुँदै छ,’ उनले खबरहबसँग भने, ‘त्यहाँ केन्द्रीय सदस्यहरू पनि सहभागी हुन पाउनुहुन्छ । तर, अफिसियल्ली आमन्त्रण भने होइन ।’

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ४ : ०९ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले