कांग्रेसले माघ २२ र २३ मा जिल्ला सभापति र उपसभापतिलाई प्रशिक्षण दिँदै  | Khabarhub Khabarhub

कांग्रेसले माघ २२ र २३ मा जिल्ला सभापति र उपसभापतिलाई प्रशिक्षण दिँदै 


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले जिल्ला सभापति र उपसभापतिहरूको भेला आयोजना गर्ने भएको छ । कांग्रेसले कास्कीको पोखरामा माघ २२ र २३ मा ७७ वटै जिल्लाका सभापति र उपसभापतिहरूको भेला आयोजना गर्ने भएको हो ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पोखरामा जिल्ला सभापति र उपसभापतिहरूको भेला आयोजना हुन गइरहेको जानकारी दिए । उनले जिल्लामा जिल्ला प्रशिक्षण शाखाको संयोजकको जिम्मेवारीमा रहेका एक जना उपसभापति र जिल्ला सभापतिलाई आमन्त्रण गरिएको पनि बताए । 

कांग्रेसमा दुई जना उपसभापति हुन्छन् । जसमध्ये एक जनाले जिल्ला प्रशिक्षण शाखाको संयोजन गरिरहेका हुन्छन् । कास्की सभापति बरालले भेलामा सहभागी सभापति र उपसभापतिहरूलाई पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण दिने पनि जानकारी दिए । 

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पोखरामा आयोजना हुन गइरहेको सभापति र उपसभापतिहरूको भेलामा इच्छुक केन्द्रीय सदस्यहरू पनि सहभागी हुने बताए । 

‘माघ २२ र २३ गते ७७ वटै जिल्लाका सभापति र एक जना उपसभापतिहरूलाई प्रशिक्षण दिन भेला हुँदै छ,’ उनले खबरहबसँग भने, ‘त्यहाँ केन्द्रीय सदस्यहरू पनि सहभागी हुन पाउनुहुन्छ । तर, अफिसियल्ली आमन्त्रण भने होइन ।’

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ४ : ०९ बजे

बागमती प्रदेशसभाको बैठक आज

बागमती – बागमती प्रदेशसभाको बैठक आज हुँदै छ ।  प्रदेश

संसदमा ६ अध्यादेश पेश हुँदै, दलका शीर्षनेताले बोल्ने

काठमाडौं– एमाले कांग्रेस संयुक्त सरकारले ल्याएका ६ वटा अध्यादेशहरु शुक्रबार

बेलचौतारा–मुस्ताङ पुल : चार वर्षमा ३० प्रतिशत प्रगति

तनहुँ – बेलचौतारा–मुस्ताङ पुल निर्माणले गति नलिँदा स्थानीय खिन्न भएका

जग्गाधनी प्रमाणपत्र पाउने आशमा महोत्तरीका भूमिहीन

महोत्तरी – आफ्नो जग्गा भन्ने कानुनी प्रमाण नभएका महोत्तरीका भूमिहीन

सोलार लिफ्ट सिँचाइ आयोजना अलपत्र

जुम्ला– लाखौँ बजेटबाट निर्माण गरेका सोलर लिफ्ट सिँचाइ आयोजना अलपत्रमा