पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित « Khabarhub

पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।

महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको पहिलो खेलमा नेपाल २० रनले पराजित भएको हो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपालविरुद्ध २० रनको जित हासिल गरेको हो । 

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर मात्र १३७ रन मात्र जोड्न सफल भएको थियो ।

नेपालका लागि ओपनर सीता रानामगरले ४५ बलमा ३ चौकासहित सर्वाधिक २८ रन बनाइन् भने विता जोशीले १७ बलमा एक चौका र दुई छक्कासहित २७ रन जोड्दा पूजा महतोले १४ बलमा समान दुई चौका र छक्कासहित २४ रनको योगदान गरेकी थिइन् । अन्य खेलाडीले भने दोहोरो अंकको रनसमेत जोड्न सकेनन् ।

उता, नेदरल्याण्डका लागि क्यारोलिन दी लेन्ज र इभा लिन्चले समान दुई विकेट, आइरिस ज्वीलिङ र फ्रेडेरिक ओभरडिकको नाममा समान एक विकेट लिएका थिइन् ।

यो जितसँगै नेदरल्यान्ड्सले अंकतालिकामा २ अंक जोडेको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ४ : ३२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन