‘सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चार क्षेत्रसँग छलफल गरेर ल्याइने छ’  « Khabarhub

‘सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चार क्षेत्रसँग छलफल गरेर ल्याइने छ’ 


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद् र सञ्चार क्षेत्रसँग छलफल गरी प्राप्त सुझावका आधारमा परिमार्जन गरिने बताएका छन् ।

प्रेस चौतारी नेपाल ललितपुरको आज छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउनकै लागि सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक ल्याउन लागिएको जानकारी बताए। 

उनले सामाजिक सञ्जाल स्वच्छ मनोरञ्जन र सूचना आदानप्रदानको थलो बन्नुपर्ने बताए । तथ्यमा आधारित भएर जसको पनि पर्याप्त आलोचना गर्न पाइने तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेजस्ता कार्यलाई स्वीकार्न नसकिने उनको भनाइ छ । 

कार्यवाहक महासचिव ज्ञवालीले आफ्नो पार्टी सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै लोकतन्त्रले जनताको जीवनमा पनि परिवर्तन ल्याउने बताए। 

कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राई, महासचिव हिरामान लामालगायतले सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने नाममा प्रेस स्वतन्त्रता हनन गर्न नहुने बताए। 

अधिवेशनले नवीन लुइँटेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रममा नेपाल प्रेस डटकमका प्रधान सम्पादक मात्रिका पौडेल र सञ्चारकर्मी विष्णु कल्पितलाई प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ४ : ४५ बजे

खाडी मुलुकको आग्रहपछि इरानमाथिको आक्रमण स्थगित गरियो : ट्रम्प

एजेन्सी– कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) को

प्रतिनिधिसभामा आज पनि प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी

प्रतिनिधिसभा बैठक : जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि

रास्वपा सांसद कृष्णकुमारलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्ट नेपालको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा

एनसेल फाउन्डेसनले १०० विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ दिने

काठमाडौँ – एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)