अग्नि सापकोटाको निष्कर्ष- ओली नेतृत्वको सरकार असफल भइसक्यो « Khabarhub

अग्नि सापकोटाको निष्कर्ष- ओली नेतृत्वको सरकार असफल भइसक्यो


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष सापकोटाले देशका समस्या समाधान गर्न र जनजीविकाबारे सरकार पूरै असफल भइसकेको बताएका हुन् ।

उनले दुईतिहाइको सरकारले सदनबाट डराएर बदनियतपूर्ण ढंगले अध्यादेश ल्याएको आरोप लगाए । आफ्ना कार्यकर्तालाई जग्गा बाँड्नकै लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको उनले बताए ।

सापकोटाले संसद् ढिलो बोलाउने र विधेयकलाई फास्ट ट्रयाकमा लैजाने कुराले सरकारले अत्तालिएको देखिएको जिकिर गरे ।

विपक्षीहरूले तर्कसहित अध्यादेशको विरोध जनाउने निर्णय गरेपछि सत्तारुढ दलले त्यसको प्रतिवाद गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको उनले बताए ।

सापकोटाले पार्टीलाई एकतावद्ध बनाएर राष्ट्रिय दृष्टिकोणका साथ अघि बढे कसैले माओवादीलाई सिद्धाउन नसक्ने धारणा राखे ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ५ : १० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा