अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय, संसद्मा तनाव हुन सक्ने | Khabarhub Khabarhub

अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय, संसद्मा तनाव हुन सक्ने


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन्।

संसद्को हिउँदे अधिवेसन सुरू हुन एक दिन अघि सिंहदरबारमा बसेका प्रमुख प्रतिपक्ष दलको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको बैठकमा सरकारले विधि र प्रक्रियाबाहिर गएर अध्यादेश ल्याएको भएको भन्दै विपक्षी दलहरूले अस्वीकार गर्ने गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

सिंहदरबारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहित सहभागी थिए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ५ : २६ बजे

देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

झापा– झापाको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको एक

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी

 काठमाडौं– गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण

दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दी– मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले

कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ ।