माओवादीले अध्यादेशविरुद्ध संसद्‍मा अस्वीकारको सूचना दर्ता गर्ने « Khabarhub

माओवादीले अध्यादेशविरुद्ध संसद्‍मा अस्वीकारको सूचना दर्ता गर्ने


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सरकारले ल्याएको अध्यादेशका विरुद्ध सदनमा खबरदारी गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले अध्यादेशको प्रक्रिया नै गलत भएको ठहर गर्दै यसकाविरुद्ध सदनमा खबरदारी गर्ने निर्णय गरेको हो ।

अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सवलीकरण गर्ने नगरी नआएको र समग्र प्रक्रिया नै गलत भएकाले खबरदारी गर्ने निर्णय गरिएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारको सूचनासमेत दर्ता गर्ने निर्णय भएको उनले बताए ।

उनले अध्यादेश प्रतिस्थापन विधेयकलाई फास्ट ट्रयाकमा पारित गर्ने तयारीसमेत उचित नरहेको धारणा राखे। त्यस्तै जनताका आवाजलाई व्यवस्थित र सशक्त रुपमा उठाउने निर्णय समेत भएको पाण्डेले बताए ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरि प्रस्तुत हुन सांसदहरूलाई निर्देशसमेत गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ५ : ४८ बजे

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

नारायणगढ– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा

‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक

काठमाडौं– एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।