अध्यादेशविरुद्ध एकीकृत समाजवादी सडकमा उत्रिन पनि तयार | Khabarhub Khabarhub

अध्यादेशविरुद्ध एकीकृत समाजवादी सडकमा उत्रिन पनि तयार


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले निश्चित वर्ग समूहलाई फाइदा हुने गरि सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको समाजवादीको सचिवालय बैठकले कालाबजारी र निश्चित वर्ग र समूहलाई फाइदा हुने गरी सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गर्ने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

अध्यादेशले २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन खारेज गरेको जनाउँदै समाजवादीले सिमेन्टको भाउ बढेको निष्कर्ष निकालेको छ।

उनले भूमिसम्बन्धी अध्यादेशले गिरिबन्धु जस्ता जग्गालाई वैध बनाउने काम भएकाले त्यसको विरोध गरिने उल्लेख गरे ।अध्यादेशविरुद्ध संघर्षमा जान पनि तयार हुनुपर्नेबारे बैठकमा छलफल भएको उनले पत्रकारहरूलाई जानकारी दिए ।

त्यस्तै बैठकमा आगामी स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे पनि छलफल भएको भट्टराईले जानकारी दिए । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राष्ट्रिय राजनीति र पार्टीको गतिविधिबारेमा ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ५ : ५४ बजे

देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

झापा– झापाको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको एक

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी

 काठमाडौं– गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण

दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दी– मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले

कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ ।