महोत्सवमा ग्राहकको मन अर्ग्यानिक खाद्यान्नमा | Khabarhub Khabarhub

महोत्सवमा ग्राहकको मन अर्ग्यानिक खाद्यान्नमा


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

जानकी – महोत्सव स्थलको प्रवेशद्वारमै छ, ‘पैँचो पसल’ । उक्त पैँचो पसलमा लुम्बिनी प्रदेशमा उत्पादित विभिन्न अर्ग्यानिक खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । 

महोत्सवमा आउने अधिकांश पसलमा एकै छिन भए पनि रोकिएर चाखपूर्वक अर्ग्यानिक खाद्यान्नबारे जानकारी लिन्छन् भने केहीले खरिद पनि गर्छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ १० गतेदेखि सुरु भएको प्रादेशिक महोत्सवमा अधिकांश अवलोकनकर्ताको रोजाइ अर्ग्यानिक खाद्यवस्तुमा देखिएको छ । अन्य स्टलले भन्दा अर्ग्यानिक खाद्यान्नका प्रदर्शनी कक्षले अवलोकनकर्ता आकर्षित गरेको आयोजकको बुझाइ छ । 

अर्ग्यानिक कोसेली फुड इन्डष्ट्रिज प्रालिका सञ्चालक इन्दिरा शाहीले महोत्सवमा अर्ग्यानिक खाद्यान्नमा अवलोकनकर्ताको आकर्षण रहेको बताउँछिन्।

‘मेरो प्रदर्शनी कक्षमा सबैभन्दा बढी बिक्री हुनेमा सातु छ, विभिन्न खाद्यान्न मिसाएर बनाएकाले होला धेरैले मन पराउनुभएको छ’, उनले भनिन्। 

शाहीको प्रदर्शनी कक्षमा हिमाली र पहाडी क्षेत्रमा उत्पादित लसुन, खुर्सानी, टिमुरको छोपका साथै सेलरोटी, जुम्लाको अर्सा बिक्री भइरहेको छ । उनले दैनिक औसत १० हजारको बिक्री भइरहेको सुनाइन्। 

त्यस्तै नमुना च्याउ फर्म कोहलपुरकी पद्मकली बमले पनि स्थानीय उत्पादनमा अवलोकनकर्ताको चाख राम्रो देखिएको बताइन् । 

‘मेरो प्रदर्शनी कक्षमामा फापर, कोदो, मार्सी चामल, चिनो, सिमी, सिस्नो बिक्रीमा छन्’, उनले भनिन्  ‘नेपालगञ्जवासीले पनि सिस्नो, कोदो र फापर यति धेरै मन पराउँछन् भन्ने सोचेकै थिइन्, महोत्सवमा राम्रो व्यापार भइरहेको छ ।’ 

मीठो छ फुड प्रालिका सविता शाहको अनुभव पनि त्यस्तै छ । उनले महोत्सवमा फिनी र सेलरोटी, खुर्मालगायतका परिकार बिक्री गरिरहेका छन् ।

 ‘हेर्दा राम्रो र खाँदा स्वादिला भएकाले होला, बिक्री राम्रो भइरहेको छ, दैनिक औसत रु चार हजारको आम्दानी भइरहेको छ’, उनले भनिन्। 

महोत्सवमा हुम्लाको चङ्खेलीको घट्टेखोला मौरीपालन व्यवसायी फर्मका हरिलाल बुढाले भिरमौरीको महसँगै हुम्लामा उत्पादित अर्ग्यानिक सिमी, कोदो, चिनो, हाडे ओखर बिक्रीमा राखेका छन् । 

‘बजारभरि डुलेर बिक्री गर्दै अर्ग्यानिक होभन्दा धेरैले पत्याउँदैनथे, महोत्सवमा भने धेरैले भिरमौरीको मह मन पराउनुभएको छ’, उनले भने। बुढाले एक किलो भिरमौरीको मह  एक हजार आठ सयमा बिक्री गरिरहेका छन्। उनले महोत्सवमा मात्रै अहिलेसम्म २२ केजी मह बिक्री भइसकेको बताए। 

बर्दियाको मधुवन–८ को सृजनशील दालमोठ तथा चिप्स उद्योगकी वसन्ती जोशी स्थानीय आलुबाट बनेको चिप्सको माग महोत्सवमा राम्रो रहेको सुनाए। उनको प्रदर्शनी कक्षमा चिप्ससँगै दालमोठ, कुरकुरे, चना, केराउ बिक्रीमा राखिएको छ ।

 रोजिना किराना तथा तरकारी पसलकी रुपनी आचार्यको प्रदर्शनी कक्षमा पनि जुम्ला, कालीकोट र बर्दियामा उत्पादित अर्ग्यानिक खाद्यवस्तु राखिएको छ । जसमध्ये अधिकांशको रोजाइमा कोदो र फापरको पिठोमा रहेको उनले सुनाए। नेपालगन्ज–२ बागेश्वरी टोलको ‘आन्टीको अचार’ प्रदर्शनी कक्षमा बयर अचार, अकबरे खुर्सानी, आँप, लप्सीको अचार, टिमुर, सिद्रा, किचन र बफका अचारमा पनि अवलोकनकर्ताको भीड छ । 

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ७ : १३ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज