सरकारी सञ्चार माध्यम समय सापेक्ष परिष्कृत गर्नुपर्छ : मन्त्री गुरुङ « Khabarhub

सरकारी सञ्चार माध्यम समय सापेक्ष परिष्कृत गर्नुपर्छ : मन्त्री गुरुङ


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चार माध्यम समय सापेक्ष परिष्कृत गर्नुपर्ने बताएका छन् ।

नेपाल टेलिभिजनको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चार मन्त्री गुरुङले जनताले सही सूचना पाए मात्र राष्ट्रिय एकता बलियो हुने बताए । 

उनले सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) ले जनताको हितका लागि भूमिका निर्वाह गर्नुपर्ने बताए। पीएसबी कार्यान्वयन गर्न मन्त्रालयले नीतिगत र बजेटको व्यवस्था गर्ने उल्लेख गर्दै उहाँले यसका लागि कर्मचारीले कामको दायित्व बोध गर्नुपर्नेमा जोड दिए । 

‘तपाईँहरू काममा ध्यान दिनुहोस्, नीतिगत संरचना र बजेटको व्यवस्था गर्ने काम म गर्छु’, सञ्चार मन्त्री गुरुङले भने, ‘जनतालाई सहि र तथ्यगत सूचना दिनुहोस् ।’

पीएसबीको प्रभावकारीताका लागि आवश्यक बजेट, नीति र स्रोत जुटाउने उनले उल्लेख गरे । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपाल गौरवमय इतिहास बोकेका सरकारी सञ्चार माध्यम भए पनि समय सापेक्ष परिष्कृत गर्नुपर्नेमा जोड दिए । 

त्यसै अनुरूप पीएसबी मोडल आएको र यसको भरपुर प्रयोग गरेर जनताको घर घरमा सूचना सेवा पुग्न सके मात्रै यसको सार्थकता साबित हुने बताए । 

‘तीन तहको सरकारबीचको अन्तरसम्बन्ध तथा यर्थाथ सूचना दिई जनतालाई जागरूक गराउनु पीएसबीको मुख्य दायित्व हो’, मन्त्री गुरुङले भने।  

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ७ : २३ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले