बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ « Khabarhub

बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले ल्होछार मनाउने सबै विधि र प्रक्रियाअनुसार नै सरकारले यस पर्वलाई थप सहजीकरण गनुपर्ने बताएका छन् । सोनाम ल्होछारका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले यस पर्वलाई थप व्यवस्थित रुपमा मनाउन सरकारकोतर्फबाट सार्थक पहल हुनुपर्ने बताए।

“ल्होछार मनाउने सबै विधि र प्रक्रियाअनुसार एकदिने सरकारी बिदा पर्याप्त छैन”, मुख्यमन्त्री लामाले भने, “ल्होछार टुँडिखेललमा महोत्सव गरेर मनाइने पर्व मात्र पनि होइन । जबसम्म प्रत्येक तामाङको घरघरमा ल्होछारको विधिअनुसार ल्होछार पर्व मनाउने कार्य हुँदैन । तबसम्म साँचो अर्थमा तामाङ जातिको संस्कृति पहिचानको कुरा हुन सक्दैन ।”

उनले ल्होछारलाई सार्वजनिक महत्व र कार्यक्रमभन्दा पनि घरभित्रको पर्वका रुपमा स्थापित गर्न समस्त तामाङ समुदायलाई आह्वान गरे ।

मञ्जुश्री संवत् २८६१ ‘सोनाम ल्होछार भव्य रुपमा मनाऔँ, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मुख्यमन्त्री तामाङले बागमती प्रदेशमा तामाङ भाषा र नेपाल भाषालाई कामकाजी भाषाका रुपमा कार्यान्वयन गर्नका लागि बजेटकोसमेत व्यवस्था गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ११ : ०० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण