म्यानमार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १६ सय नाघ्यो : एक महिलाको ३० घण्टापछि उद्धार « Khabarhub

म्यानमार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १६ सय नाघ्यो : एक महिलाको ३० घण्टापछि उद्धार


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

माल्डल्य – म्यानमारमा शुक्रबार गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या एक हजार ६ सय नाघेको छ। धेरै जना अहिले पनि उद्धार कार्यमा सक्रिय नै छन्। सामग्रीको अभाव, सञ्चार नेटवर्कमा समस्या तथा खराब बाटोको कारण उद्धार कार्यमा कठिनाइ उत्पन्न भइरहेको छ।

दोस्रो ठुलो सहर माल्डल्यबाट १२ तले घरमा एक महिलाको पुरिएको ३० घण्टापछि उद्धार भएको छ। त्यस स्थानमा अझै ९० जना पुरिएका जनाइएको छ। उद्धारकर्ताले किन्डर गार्डेन रहेको घर भत्किदा १२ जना बालबालिकाको शव फेला पारेका छन्।

मानव अधिकारवादी राहत संस्था ओसिएचएका अनुसार न्यापितह, याङ्गुन र मान्डल्यको बीचमा सडक पनि भत्किएका कारण अझ बढी समस्या भएको छ। स्वास्थ्यकर्मीलाई टेन्टसहित अन्य धेरै मेडिकल सप्लायर्सको आवश्यकता समेत देखिएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ६ : ५१ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको