नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा जारी « Khabarhub

नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा जारी


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा जारी रहेको छ । अधिवेशनको शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले नेपाली लेखकहरू राष्ट्रको गौरव भएको उल्लेख गर्दै गौतम बुद्ध जन्मिएको भूमि लुम्बिनीमा साहित्यिक महोत्सव आयोजना गर्नु आयोजकको उत्कृष्ट निर्णय भएको बताए ।

अधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा देखिएको छ । निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङका अनुसार अध्यक्ष पदका लागि डा. रत्नमणि नेपाल र वियोगी बुढाथोकी प्रतिस्पर्धामा छन् ।

सहअध्यक्षमा डा. शैलेन्द्रप्रकाश नेपाल, मनोज न्यौपाने र सन्ध्या पहाडीबीच प्रतिस्पर्धा हुनेछ ।

महासचिवका लागि प्रकाश बिमिल, नवीनचन्द्र घिमिरे र सोझो गाउँले चुनावी दौडमा छन् भने उपमहासचिवमा नारायण सापकोटा र सरस्वती तिमिल्सेना भिड्ने भएका छन् ।

निर्वाचन समितिका अनुसार अधिवेशनान ३९ पदका लागि ४६ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ६ उपाध्यक्ष, एक कोषाध्यक्ष, चार सचिव र २४ सदस्य पदमा एकल उम्मेदवारी दर्ता भएका कारण उक्त पद स्वतः निर्विरोध चयन भएको छ ।

अधिवेशनमा देशभरका श्रष्टा, लेखक तथा साहित्यप्रेमीको उपस्थिति छ । आजसम्म चल्ने अधिवेशनमा विभिन्न साहित्यिक सत्र, विचारगोष्ठी तथा नेतृत्व चयन प्रक्रिया सम्पन्न हुनेछन् ।

आयोजकले यस अधिवेशनले नेपाली साहित्यिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : ३९ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको