बङ्गलादेश मोडेलमा सत्तापलट गर्ने ज्ञानेन्द्रको योजना अनुसार आपराधिक क्रियाकलाप भयो : शंकर पोखरेल « Khabarhub

बङ्गलादेश मोडेलमा सत्तापलट गर्ने ज्ञानेन्द्रको योजना अनुसार आपराधिक क्रियाकलाप भयो : शंकर पोखरेल


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकप एमालेका महासचिव शंकर पोखरेलले गत बङ्गलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजना अनुसार गत शुक्रबार काठमाडौंमा आपराधिक क्रियाकलाप भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजावादी समूहबाट भएको उक्त आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाउन खोजिएको भन्दै आपत्ति समेत जनाएका छन् ।

उनले लेखेका छन्– ‘पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईँद्वारा परिचालित गरिएका हुल्लडबाजहरूले गरेको आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर  पानीमुनिको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरू । तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ ।’

उनले पूर्वपञ्च र राजावादीहरूले सबै अपराधको भारी दुर्गा प्रसाईँ र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरै भएपनि  नेपाली जनताले विश्वास गर्ने आधार रहने भए पनि निर्मल निवासको ‘थ्रेट’ सामु राप्रपा निरिह देखिएको उल्लेख गरेका छन् । 

उनले भनेका छन्– ‘निर्मल निवासको ‘थ्रेट’का सामु उनीहरू निरिह देखिए र भन्न थाले ‘प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले।’

पोखरेलले आँखाले देखेको सत्यलाई निर्मल निवासको भयले थिच्दा पूर्व पञ्चहरूको नियति यस्तो देखिएको बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ८ : २८ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब