प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन वार्ता, भेटेर थप छलफल गर्ने तयारी « Khabarhub

प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन वार्ता, भेटेर थप छलफल गर्ने तयारी


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको छ । 

टेलिफोन संवादमा प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराएका थिए ।

पछिल्लो राजनीतिक परिस्थिति र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा जवाफ दिने सहमति दुई नेताबीचमा भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह आयोजक रहेर शुक्रबार तीनकुनेमा दुईजनाको ज्यान जाने गरी गरिएको अराजक गतिविधिबारे पनि दुई नेताबीच कुराकानी भएको छ । 

ओली र प्रचण्डले पूर्व राजाको गतिविधि ठीक नभएको र पक्राउ पर्ने डरले भागेका दुर्गा प्रसाईंबारे पनि केही कुराकानी गरेको बुझिएको छ । 

कुराकानीका क्रममा दुवै नेताहरूबीच थप छलफल भेटेर गर्ने सहमति पनि भएको छ । तीनकुने घटनापछि गणतन्त्रवादीहरू एक ठाउँमा उभिनुपर्ने कुरा उठिरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १२ : ४६ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल