प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन वार्ता, भेटेर थप छलफल गर्ने तयारी « Khabarhub

प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन वार्ता, भेटेर थप छलफल गर्ने तयारी


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको छ । 

टेलिफोन संवादमा प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराएका थिए ।

पछिल्लो राजनीतिक परिस्थिति र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा जवाफ दिने सहमति दुई नेताबीचमा भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह आयोजक रहेर शुक्रबार तीनकुनेमा दुईजनाको ज्यान जाने गरी गरिएको अराजक गतिविधिबारे पनि दुई नेताबीच कुराकानी भएको छ । 

ओली र प्रचण्डले पूर्व राजाको गतिविधि ठीक नभएको र पक्राउ पर्ने डरले भागेका दुर्गा प्रसाईंबारे पनि केही कुराकानी गरेको बुझिएको छ । 

कुराकानीका क्रममा दुवै नेताहरूबीच थप छलफल भेटेर गर्ने सहमति पनि भएको छ । तीनकुने घटनापछि गणतन्त्रवादीहरू एक ठाउँमा उभिनुपर्ने कुरा उठिरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १२ : ४६ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको