तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे « Khabarhub

तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले गत शुक्रबार राजावादीहरूले तीनकुनेमा गरेको हिंसात्मक घटना लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् ।

संसद् भवन नयाँबानेश्वरमा आज भएको राजनीतिक दलका प्रमुख सचेतकसँगको बैठकमा घिमिरेले उक्त घटनाका विषयमा संसद्मा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरे ।

राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपिल गर्दै सभामुखले अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने बताए ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरिएको विषयमा प्रतिपक्षी दलहरूले संसद अवरोध जारी राखेपछि सभामुखले समस्या समाधानका लागि प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने बताए । उनले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको जानकारी दिए । 

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १२ : ४० बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब