प्रतिपक्षले संसद् अवरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन : रघुजी पन्त « Khabarhub

प्रतिपक्षले संसद् अवरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन : रघुजी पन्त


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्ष दलले संसद् बैठक चल्न नदिएकाले सरकारले १५ चैतमा भएको घटनाबारे जानकारी दिन नसकेको आरोप सत्तापक्षले लगाएको छ ।

आज पनि प्रतिपक्षले संसद् अवरोध गरे पछि गृहमन्त्री रमेश लेखकले १५ चैतमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनबारे संसद्लाई जानकारी दिन नसकिएको बताएका हुन् ।

`संसद् चल्न दिइएन, नत्र गृह मन्त्रीज्यूले आज १५ गते भएको हिंसात्मक प्रदर्शनको जानकारी दिनु हुन्थ्यो एमाले सांसद रघुजी पन्तले भने । उनका अनुसार प्रतिपक्षले आज पनि संसद् अवरुद्ध गरे पछि गृहमन्त्री लेखक बानेश्वरस्थित संसद् भवन आउन नसकेको बताए ।

बिद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदच्युत गर्ने सरकारको निर्णय प्रति असहमति जनाउँदै गत बुधवार देखी प्रतिपक्ष दलले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेर निरन्तर संसद् अवरोध गरिरहेका छन्। तर, प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्दैछन्।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ३ : ०६ बजे

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८