प्रतिपक्षले संसद् अवरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन : रघुजी पन्त « Khabarhub

प्रतिपक्षले संसद् अवरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन : रघुजी पन्त


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्ष दलले संसद् बैठक चल्न नदिएकाले सरकारले १५ चैतमा भएको घटनाबारे जानकारी दिन नसकेको आरोप सत्तापक्षले लगाएको छ ।

आज पनि प्रतिपक्षले संसद् अवरोध गरे पछि गृहमन्त्री रमेश लेखकले १५ चैतमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनबारे संसद्लाई जानकारी दिन नसकिएको बताएका हुन् ।

`संसद् चल्न दिइएन, नत्र गृह मन्त्रीज्यूले आज १५ गते भएको हिंसात्मक प्रदर्शनको जानकारी दिनु हुन्थ्यो एमाले सांसद रघुजी पन्तले भने । उनका अनुसार प्रतिपक्षले आज पनि संसद् अवरुद्ध गरे पछि गृहमन्त्री लेखक बानेश्वरस्थित संसद् भवन आउन नसकेको बताए ।

बिद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदच्युत गर्ने सरकारको निर्णय प्रति असहमति जनाउँदै गत बुधवार देखी प्रतिपक्ष दलले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेर निरन्तर संसद् अवरोध गरिरहेका छन्। तर, प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्दैछन्।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ३ : ०६ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको