प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगन | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगन


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले अघिल्ला बैठकहरू जस्तै प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरे ।

प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरूले पनि सदन सञ्चालनका लागि दबाब दिँदै आ-आफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख घिमिरेले दुवै पक्षलाई स्थान ग्रहण गरी सभा सञ्चालनका लागि वातावरण बनाउन पटक-पटक आग्रह गरे ।

सो क्रममा दुवै पक्षले आफ्नो अडान कायम राखेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरे ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ३ : २१ बजे

इजरायलले गाजा कब्जाको प्रयास गरे अमेरिकाले अवरोध नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा

देशका केही भागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोर्टोलाई च्याम्पियन्स लिग दिलाउने जर्ज कोस्टाको निधन

काठमाडौं– एएफसी पोर्टोलाई च्याम्पियन्स लिग उपाधि जिताउने कप्तान जर्ज कोस्टाको

गाजा कब्जा गर्ने नेतान्याहुको प्रस्ताव सैन्य अधिकारीबाट अस्वीकार

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा क्याबिनेटको बैठकमा गाजा पुनः

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन २१ गते बुधबार। साउन