केन्द्रमा भन्दा गण्डकीमा थप ४ दिन सरकारी बिदा   « Khabarhub

केन्द्रमा भन्दा गण्डकीमा थप ४ दिन सरकारी बिदा  


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८२ मा नेपाल सरकारले निर्णय गरेका बाहेक थप ४ दिन बिदा दिने भएको छ । 

प्रदेशको चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले ४ दिने बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रवीण ढकालले जानकारी दिए । 

सरकारले उक्त निर्णय राजपत्रमा समेत प्रकाशित गरिसकेको छ । उपसचिव ढकालका अनुसार भानु जयन्तीका दिन असार २९ गते आइतबार, कोजाग्रत पूर्णिमाका दिन असोज २० गते सोमबार, गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते बिहीबार र चैते दशैं २०८२ साल चैत १२ गते बिहीबार गरी ४ दिन बिदा दिने निर्णय भएको छ । 

गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा लागु हुने उपसचिव ढकाले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ । 

प्रदेश सरकारीले यो वर्ष मंसिर २२ गते प्रदेश स्थापना दिवस मनाउँदा अघिल्लो दिन मात्र बिदाको निर्णय गरेको छ । अघिल्ला वर्षहरूमा प्रदेश सभा र प्रदेश स्थापना दिवस अलग मनाउँदा फागुन ४ गते सरकारले बिदा दिने गरेको थियो । 

प्रदेश सरकारले ६ दिन थप बिदाको निर्णय गर्न पाउने प्रावधान छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ३ : ३२ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब