रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्किने « Khabarhub

रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्किने


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबारबाट आफ्नो जिम्मेवारीमा फर्किने भएका छन् । भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन् ।

सभापतिबाट निलम्बन गरेर कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याल अहिले कार्यवाहक सभापतिमा छन् ।

लामिछानेको मुद्दा अहिले पनि अदालतमा विचाराधिन र सांसद पद निलम्बनमा छ। तर भोलिबाट हुने पार्टीको जिम्मेवारीमा फर्किने निर्णय भएको पार्टी प्रवक्ता मनिषा झाको भनाइ छ ।

झाका अनुसार भोलि बस्ने केन्द्रीय समितिको बैठकमा पहिलो अध्यक्षता पार्टी कार्यभार सभापति अर्यालले गर्ने र धन्यवाद ज्ञापन गरेपछि दोस्रो बैठकमा लामिछानेले सभापतित्व गर्नेछन् । रास्वपा सह प्रवक्ता प्रतिभा रावलले खबरहबलाई भनिन्, ‘भोलिबाट सभापति नियमित काममा फर्कनु हुन्छ । यो हामी सबैले सल्लाह गरेर लिएको निर्णय हो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ३ : ३५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म: अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको