एकीकृत समाजवादीले राजावादीविरुद्ध देशव्यापी भण्डाफोर अभियान चलाउने « Khabarhub

एकीकृत समाजवादीले राजावादीविरुद्ध देशव्यापी भण्डाफोर अभियान चलाउने


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीले राजावादीको हिंसात्मक क्रियाकलापको भत्र्सना गर्दै देशव्यापी रुपमा भण्डाफोर गर्ने निर्णय गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा समाजवादीले शुक्रबार राजावादीले हत्या, हिंसा, निजी तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफेड र लुटपाटका उदण्ड, विध्वंशकारी र जनविरोधी क्रियाकपाल गरेको भन्दै उक्त क्रियाकपालको घोर निन्दा र भत्र्सना गर्दै देशव्यापी भण्डाफोर गर्ने जनाएको हो ।

पार्टी कार्यालय तथा अन्य स्थानमा भएको हिंसात्मक क्रियाकलापविरुद्ध चैत्र २५ गतेभित्र सवै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनले सम्बन्धित तहमा विरोध प्रदर्शन गर्ने समाजवादीका केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख प्रकाश ज्वालाले बताए ।

उनले तथाकथित राजावादी प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कानूनी कारवाही गर्न माग गरिएको बताए ।

त्यस्तै उचित समयमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी भएकाले त्यस व्यवहारको पनि विरोध गर्ने निर्णय भएको ज्वालाले उल्लेख गरे ।

ज्वालाले आफ्ना पार्टी प्रतिगामी षडयन्त्र, दरवारिया अराजकता र पश्चगमनविरुद्ध आन्दोलनमा होमिएकै कारण प्रतिक्रियावादीले निशाना बनाएको धारणा राखे ।

नेकपा एकीकृत समाजवादीले राजावादी प्रदर्शनमा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण तथा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलव्ध गराउनसमेत माग गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ३ : ५० बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता