माधव सापकोटाको आरोप- सत्तापक्ष सांसद भौतिक रूपमै हमला गर्नेगरी प्रस्तुत भए « Khabarhub

माधव सापकोटाको आरोप- सत्तापक्ष सांसद भौतिक रूपमै हमला गर्नेगरी प्रस्तुत भए


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्तापक्ष सांसदहरू भौतिक रूपमा नै हमला गर्नेगरी सदनमा प्रस्तुत भएको आरोप लगाएका छन् ।  

आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले संसदमा विपक्षी सांसद भन्दा उग्र भएर सत्तापक्ष सांसदहरूले भौतिक रूपमा नै हमला गर्ने क्रियाकलाप गरेको आरोप लगाएका हुन्  । उनले सत्तापक्ष र प्रधानमन्त्री सदनप्रति गैर जिम्मेवार देखिएको  र जटिलता थपिँदै गएको बताए  । 

सापकोटाले देशमा देखिएको पछिल्लो घटनाका साथै आफूहरूले उठाएका मागमा गम्भीर भएर प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्नेमा प्रधानमन्त्री अलमलिएर बसेको जिकिर गरे ।  

उनले सदनलाई जबरजस्ती पेलेरै अघि बढाउने तयारी भएको र नियोजित रूपमा प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारण रोकिएको आरोप लगाए । प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म आफूहरूको विरोध कायमै रहने उनको भनाइ छ ।  

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ४ : ३० बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म: अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको