गणतन्त्रमाथि आक्रमण गर्न खोजियो, यसको संरक्षण पत्रकारिताले गर्नुपर्छ : ऊर्जामन्त्री | Khabarhub Khabarhub

गणतन्त्रमाथि आक्रमण गर्न खोजियो, यसको संरक्षण पत्रकारिताले गर्नुपर्छ : ऊर्जामन्त्री


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गणतन्त्रमाथि आक्रमण गर्न खोजिएको भन्दै यसको संरक्षणका लागि पत्रकारिता क्षेत्र लाग्नुपर्ने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले पछिल्लो समय विभिन्न शक्तिले गणतन्त्रमाथि आक्रमण गर्न खोजिरहेका भन्दै यसको जगेर्नाका लागि पत्रकारिता क्षेत्र निरन्तर पहलकदमी गर्दै अग्रपङ्क्तिमा लाग्नुपर्ने बताए ।

‘गणतन्त्रको जगेर्ना र जनतामा सत्यतथ्य सूचना पुर्‍याउनका लागि पत्रकार मित्रहरू र रिपोर्टस क्लबको महत्त्वपूर्ण भूमिका रहेको छ’, मन्त्री खड्काले भने । लोकतान्त्रिक अभियानलाई बलियो बनाउन र मुलुकमा सुशासन कायम गर्न रिपोर्टर्स क्लबले समन्वयात्मक र सहकार्यमूलक भूमिका निर्वाह गरेको मन्त्री खड्काको भनाइ छ ।

उर्जामन्त्री खड्काले जनताका आवाजलाई माथिल्लो निकायसम्म पुर्‍याउन रिपोर्टर्स क्लबले खेलेको भूमिका सराहनीय रहेको बताए । ‘हामीले सुन्छौँ पत्रकारिताका नाममा भएका विकृतिहरूले समाजलाई सही दिशामा लगेको देखिँदैन । समाजलाई सही समयमा सही जानकारी दिन सत्यतथ्य र यथार्थपरक सूचना सम्प्रेषण गर्नुपर्छ’, उनले भने ।
 

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ५ : १४ बजे

३५ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं – प्रहरी महानिरीक्षक दीपक थापाले पदोन्नति भएका ३५ प्रहरी

संयुक्त राष्ट्रसंघद्वारा गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही विस्तार नगर्न आग्रह

संयुक्त राष्ट्रसंघ – गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही अझ विस्तार

बागमतीका निलम्बित मेयर थापा भ्रष्टाचारी ठहर, साढे तीन करोड गैरकानुनी सम्पत्ति भेटियो

काठमाठौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचारी ठहर

आजका समाचार : सरकारलाई घेर्न प्रचण्डले जुटाए प्रतिपक्षी, संसद्मा पनि असन्तुष्टि र हिरोशिमामा बम खसालेको ८० वर्ष पुग्यो

भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोडप्रधानमन्त्री केपी शर्मा ओलीले

बीउ अपुगले धान रोपाइँ प्रभावित, महोत्तरीमा रोपाइँ ४९ प्रतिशत

महोत्तरी– लामो खडेरीले यसवर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ