रवीन्द्र मिश्रसहितलाई ५ दिन हिरासतमा राख्न अनुमति « Khabarhub

रवीन्द्र मिश्रसहितलाई ५ दिन हिरासतमा राख्न अनुमति


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले मिश्र र प्रतिनिधिसभाका सांसद धवलशमशेर जबरसाहितलाई ५ दिन हिरासतमा राख्ने अनुमति दिएको जानकारी दिए ।

मिश्रसहितलाई जिल्ला प्रहरी परिसर भद्रकालीबाट हतकडी लगाएरै म्याद थप्न सरकारी वकिलकाे कार्यलय हुँदै जिल्ला अदालत काठमाडौंमा लगिएको थियो ।

थुनुवाको पोशाकमा रहेका मिश्र, दुर्गा प्रसाईंको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी र सन्तोष राजावादीलगायतलाई हतकडी लगाएर लगिएको थियो ।

गत शुक्रबार काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेकामाथि मुद्दा चलाउने गरी म्याद लिन अदालत लगिएको थियो।

शुक्रबार राति पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई अदालतमा उपस्थित गराएर मुद्दा चलाउन लागिएको हो । दुवैजनामाथि राज्यविरुद्ध अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतलाई पनि म्याद थपका लागि अदालत लगिएको छ । मिश्र, राणा र स्वागत नेपाल गत शुक्रबार राति पक्राउ परेका थिए ।

तीनकुनेमा प्रहरीमाथि ढुंगा हान्न खटिएका कथित धार्मिक गुरु पुष्कर खतिवडा शनिबार पक्राउ परेका हुन् । उनी इमाडोलस्थित निवासबाटै समातिएका थिए । तीनकुनेबाट भागेका दुर्गा प्रसाईं सुरूमा उनकै घरमा पुगेका थिए । त्यहाँबाट उनी भूमिगत भइसकेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ६ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै