गाउँ पसेको पाटेबाघ नियन्त्रणमा « Khabarhub

गाउँ पसेको पाटेबाघ नियन्त्रणमा


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – बेलौरी नगरपालिका–२ टेङ्ढुवा गाउँमा पसेको बयस्क भाले पाटेबाघलाई आज नियन्त्रणमा लिइएको छ ।

खेतको बिचको नाला रहेको क्षेत्रमा प्राविधिक टोलीले डार्ट (बेहोस) गरी बाघलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको बाघलाई डिभिजन वन कार्यालय कञ्चनपुरको संरक्षणमा राखिएको छ । बाघको स्वास्थ्य अवस्था जाँच गरी सोमबार सुरक्षित बासस्थानमा छाडिने कुण्डा सब डिभिजन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए ।

डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको १२ जनाको प्राविधिक टोलीले दुई हात्तीको सहायताले बाघलाई नियन्त्रणमा लिएको हो । शुक्रवार टेङ्ढुवा गाउँँमा बाच्छोलाई बाघले खाएपछि खोजीकार्य सुरु गरिएको थियो । ड्रोन क्यामेराको प्रयोग गरी खोजी गर्दा गहुँको खेतमा सुतेको अवस्थामा बाघ देखा परेपछि निगरानी गर्न थालिएको थियो ।

“आज बिहान पुनः बाघको खोजी गर्न थाल्यौँ”, राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ वन्यजन्तु प्राविधिक सुभन मल्लले भने , “हात्तीको सहायताले बाघलाई डार्ट गरेपछि नियन्त्रणमा लिएका हौँ ।”

केही महिनाअघि दोधारा चाँदनी क्षेत्रबाट नरभक्षी बाघलाई उखु खेतबाट प्राविधिकले डार्ट गरी नियन्त्रणमा लिएका थिए । सो बाघ हाल बर्दिया राष्ट्रिय निकुञ्जको सुधारगृहमा राखिएको छ । गत वर्ष बेलौरी क्षेत्रबाटै बाघलाई प्राविधिकको टोलीले नियन्त्रणमा लिएर सदर चिडिया खाना पठाएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १० : २२ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग