गाउँ पसेको पाटेबाघ नियन्त्रणमा « Khabarhub

गाउँ पसेको पाटेबाघ नियन्त्रणमा


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – बेलौरी नगरपालिका–२ टेङ्ढुवा गाउँमा पसेको बयस्क भाले पाटेबाघलाई आज नियन्त्रणमा लिइएको छ ।

खेतको बिचको नाला रहेको क्षेत्रमा प्राविधिक टोलीले डार्ट (बेहोस) गरी बाघलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको बाघलाई डिभिजन वन कार्यालय कञ्चनपुरको संरक्षणमा राखिएको छ । बाघको स्वास्थ्य अवस्था जाँच गरी सोमबार सुरक्षित बासस्थानमा छाडिने कुण्डा सब डिभिजन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए ।

डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको १२ जनाको प्राविधिक टोलीले दुई हात्तीको सहायताले बाघलाई नियन्त्रणमा लिएको हो । शुक्रवार टेङ्ढुवा गाउँँमा बाच्छोलाई बाघले खाएपछि खोजीकार्य सुरु गरिएको थियो । ड्रोन क्यामेराको प्रयोग गरी खोजी गर्दा गहुँको खेतमा सुतेको अवस्थामा बाघ देखा परेपछि निगरानी गर्न थालिएको थियो ।

“आज बिहान पुनः बाघको खोजी गर्न थाल्यौँ”, राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ वन्यजन्तु प्राविधिक सुभन मल्लले भने , “हात्तीको सहायताले बाघलाई डार्ट गरेपछि नियन्त्रणमा लिएका हौँ ।”

केही महिनाअघि दोधारा चाँदनी क्षेत्रबाट नरभक्षी बाघलाई उखु खेतबाट प्राविधिकले डार्ट गरी नियन्त्रणमा लिएका थिए । सो बाघ हाल बर्दिया राष्ट्रिय निकुञ्जको सुधारगृहमा राखिएको छ । गत वर्ष बेलौरी क्षेत्रबाटै बाघलाई प्राविधिकको टोलीले नियन्त्रणमा लिएर सदर चिडिया खाना पठाएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १० : २२ बजे

विवेक मण्डलको उपचारका क्रममा निधन : एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५

हर्क राई नेतृत्वको दार्चुला पुल निर्माणमा सामग्रीभन्दा प्रशासनिक खर्च बढी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी, मन्त्री यादवलाई प्रतिवेदन हस्तान्तरण

काठमाडौँ– लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक