कार्नीलाई बधाई दिँदै ट्रम्पले खोले क्यानडासँग वार्ताको ढोका « Khabarhub

कार्नीलाई बधाई दिँदै ट्रम्पले खोले क्यानडासँग वार्ताको ढोका


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – क्यानडामा सम्पन्न निर्वाचनमा पहिलो स्थान पाएको लिबरल पार्टीका नेता मार्क कार्नीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बधाई दिएका छन्। साथै ट्रम्पले निकट भविष्यमा यी दुईको बीचमा भेट हुने बताएका छन्।

सुरक्षा संयन्त्र र अर्थतन्त्रका बारे छलफल गर्नका लागि दुई देशका नेताको बीचमा भेट हुने अपेक्षा गरिएको छ।

ट्रम्पले लगाएको आयात कर तथा क्यानडाको सम्प्रभुतामाथि गरिएको लगातारको आक्रमणको छायामा निर्वाचन भएको थियो। यस निर्वाचन परिणामले कार्नी र ट्रम्प बीचको वार्ता अनिवार्य बनाएको छ।

क्यानडाको प्रधानमन्त्री कार्यालयबाट दिइएको सूचना अनुसार जितपछि पहिलो कल गरेका ट्रम्पले बधाई दिएका हुन्। उनको बधाईसँगै वार्ताको बाटो खुला रहेको बताएका छन्। दुवै देशका नेता अमेरिका र क्यानडाका बीचमा द्विपक्षीय साझेदारी आवश्यक भएको कुरामा सहमत छन्।

लिबरल पार्टीका लागि आफ्ना धेरै ऐनहरू संसदबाट पास गर्नका लागि अझै चुनौती भएको जनाइएको छ। संसदमा आवश्यक बहुमत भन्दा कम सिट जितेको लिबरललाई हरेक काम गर्नका लागि अन्य दलको साथ र समर्थन आवश्यक छ।

बहुमतका लागि १७२ सिट आवश्यक रहेको संसदमा लिबरलले १६९ सिट जितेको छ। ७ सिट जितेको न्यु डेमोक्र्याटसँग लिबरलको समझदारी हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ८ : ४३ बजे

गणेशमानलाई केआई सिंहको व्यंग्य- ‘कोपारा चोर पार्टीको त्यो पिलन्धरेलाई भोट किन दिने ?’

एउटा मानिस नक्कली नोट छाप्ने काम गर्थ्यो । पैसा छाप्दाछाप्दै

भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान

भोजपुर– मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता,

‘पोस्टरमा टाउको बिक्ने’ राजेशको त्यो समय, अहिले हल खाली

काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी