पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम « Khabarhub

पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाका पाँच स्थानीय तहका पिछडिएका समुदायको उत्थानका निम्ति विविध स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिएको छ । 

‘प्लान इन्टरनेसनल नेपाल’ नामक संस्थाले शिक्षा, स्वास्थ्य सेवाका साथै सीपमूलक तालिम प्रदान गरेको हो ।

विदेह, शहीद, कमला, सबैला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा चार करोड ९८ लाख ७८ हजार ३११ खर्च गरेर कार्यक्रम सञ्चालन गरिएको हो ।

अपाङ्ग, बालबालिका, महिला, युवा तथा बेरोजगारलाई लक्षित गरेर शिक्षा, स्वास्थ्य तथा उद्यमशीलता र रोजगारसम्बन्धी  विभिन्न कार्यक्रम सञ्चालन गरिएको संस्थाका कार्यक्रम अधिकृत वेदप्रसाद भुर्तेलले जानकारी दिए ।

परियोजना सञ्चालित स्थानीय तहहरूमा कार्यक्रम सञ्चालन गर्न आसमान नेपाल, सामुदायिक परिवार कल्याण सङ्घ, जानकी महिला जागरण समाज तथा सपोर्ट नेपालसँग प्लानले साझेदारी गरेको उनले जानकारी दिए ।  

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ९ : ०२ बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै