पुराना नेता र ‘जेनजेड’ पुस्ताको अपेक्षा « Khabarhub

पुराना नेता र ‘जेनजेड’ पुस्ताको अपेक्षा


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

नेपालको राजनीति अहिले पनि पुराना अनुहारकै कब्जामा रहेको छ। दशकौँदेखि सत्ताको वरिपरि घुमिरहेकाले अझै नयाँ नेतृत्वलाई मौका दिन नचाहने प्रवृत्ति देखिएको छ। न त उनीहरू विकासको ठोस योजना लिएर आउँछन्, न त रोजगार सिर्जनाजस्ता ज्वलन्त समस्यामाथि गम्भीर छलफल गर्छन्। बरु आन्तरिक गुटबन्दी, आरोप-प्रत्यारोप र कुर्सीको लडाइँमै आफ्नो समय र ऊर्जा खर्च गरिरहेका छन्।

देशको भविष्य निर्माणका लागि युवा पुस्ताको जोश, विचार र सिर्जनशीलताको खाँचो हुन्छ। तर, आजसम्म नेपाली राजनीतिमा पुराना नेताले आफूलाई अपराजय सावित गर्न थुप्रै पाखण्ड र चलाखी अपनाइरहेका छन्। पार्टीका भित्री बैठक जनताको सरोकारका विषयमा नभई कसरी सत्तामा टिकिरहने भन्ने किचलोमा सीमित भइरहेका छन्।

देशको भविष्य निर्माणका लागि युवा पुस्ताको जोश, विचार र सिर्जनशीलताको खाँचो हुन्छ। तर, आजसम्म नेपाली राजनीतिमा पुराना नेताले आफूलाई अपराजय सावित गर्न थुप्रै पाखण्ड र चलाखी अपनाइरहेका छन्।

रोजगारीको अवसर सिर्जना गर्ने, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा सुधार ल्याउने, देशको भौतिक तथा आर्थिक विकास गर्ने जस्ता महत्त्वपूर्ण विषय बैठकको एजेन्डा बन्नै सकेका छैनन्। यसको सट्टा सामान्य र व्यक्तिगत स्वार्थका विषयमा ऊर्जा खपत भइरहेको छ।

युवा नेतामा क्षमता र दृष्टिकोण भए पनि तिनीहरूलाई अगाडि बढ्न मौका दिनुको सट्टा, थिचोमिचो गर्ने र हतोत्साहित गर्ने प्रवृत्ति अझै व्याप्त छ। परिणाम स्वरूप, निराश भएर धेरै युवा विदेशिने क्रममा छन्। जसले गर्दा देश दिन प्रतिदिन श्रम, ज्ञान र प्रतिभाबाट रित्तो हुँदै गएको छ।

आजको पुस्ता- विशेषगरी ‘जेनजेड’ अझ बढी व्यावहारिक, नतिजामुखी र प्रविधिमैत्री छ। उनीहरू केवल भाषण र बाचा होइन, स्पष्ट कार्ययोजना र परिणाम चाहन्छन्। जेनजेडपुस्ताले सामाजिक संजाल र डिजिटल प्लेटफर्ममार्फत संसारसँग जोडिन थालेका छन्। जसले गर्दा उनीहरूमा विश्वस्तरको सोच र अपेक्षा जन्मिएको छ। तर, जब उनीहरू नेपालको राजनीतिमा फर्केर हेर्छन्, तिनीहरूलाई केवल निराशा र असफलता देखिन्छ। पुरानो ढर्राको राजनीति, निरन्तर विवाद र परिणामबिहीन बहसले गर्दा उनीहरू राजनीतिको प्रत्यक्ष सरोकारबाट टाढिँदै गइरहेका छन्।

आजको पुस्ता- विशेषगरी ‘जेनजेड’ अझ बढी व्यावहारिक, नतिजामुखी र प्रविधिमैत्री छ। उनीहरू केवल भाषण र बाचा होइन, स्पष्ट कार्ययोजना र परिणाम चाहन्छन्।

युवापुस्ताले चाहेको कुरा स्पष्ट छ- अवसर, सम्मान र परिणाम। उनीहरू राजनीतिको केवल दर्शक बन्न चाहँदैनन्, सक्रिय सहभागिता चाहन्छन्। उनीहरू चाहन्छन्-विकासका मुद्दाहरू उठाउन, नीति निर्माणमा भूमिका खेल्न र देशको भविष्य निर्माणमा आफ्नो योगदान दिन। तर, दुर्भाग्यवश, पुराना राजनीतिज्ञले उनीहरूको यो स्वतन्त्रता, प्रतिभा र सम्भावनामा निर्मम हस्तक्षेप गरिरहेका छन्।

वास्तवमा यो केवल अवसर नदिनु मात्र होइन- यो जेनजेड पुस्तामाथि भइरहेको एउटा गम्भीर अन्याय र अपराध हो। उनीहरूको स्वाभाविक विकासको अधिकार खोस्नु, नेतृत्व गर्ने अवसरबाट बञ्चित गरी देशभित्रै सम्भावनाको ढोका बन्द गर्नु भनेको उनीहरूको भविष्यमाथि अपराध गर्नु हो। कुनै पनि सभ्य र अग्रगामी समाजले आफ्ना युवालाई यति निर्दयी व्यवहार गर्दैन।

पुराना नेताको सत्तामोह र कुर्सीको लोभका कारण आजको युवापुस्ता राजनीतिप्रति वितृष्णा पाल्न बाध्य भएको छ। उनीहरू विदेश जान रुचाउँछन्। आफ्नै देशमा अवसर खोज्न छोडेका छन्। यदि यही प्रवृत्ति रहिरह्यो भने नेपालले केवल श्रमिक मात्र गुमाउने होइन विचारक, नवप्रवर्तक र नेतृत्वकर्ता पनि गुमाउने छ।

पुराना नेताले आत्मसमीक्षा गर्नुपर्छ। युवापुस्तालाई अवसर दिनुपर्छ। उनीहरूको सोच र ऊर्जाको सम्मान गर्नुपर्छ।

अब समय आएको छ- पुराना नेताले आत्मसमीक्षा गर्नुपर्छ। युवापुस्तालाई अवसर दिनुपर्छ। उनीहरूको सोच र ऊर्जाको सम्मान गर्नुपर्छ। जेनजेडजस्तो परिवर्तन चाहने पुस्तालाई अगाडि ल्याएर मात्रै नेपालले समृद्धि र स्थायीत्वतर्फको यात्रा सुरु गर्नसक्छ। यदि आज पनि परिवर्तन भएन भने भविष्यमा इतिहासले यी पुराना अनुहारलाई केवल देश र पुस्ताले धोकेबाज भनेर सम्झिने छ।
-लेखक वाईसीएल नेपालका काठमाडौं महानगर संयोजक हुन्।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ९ : ४१ बजे

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति

दलको नेता चयनप्रति सुरेन्द्र पाण्डे असन्तुष्ट, भने : पार्टीभित्रको लोकतन्त्र कमजोर भइसक्यो

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी भित्र आन्तरिक

पनौतीमा मनाइयो मुखौटा नृत्य महोत्सव (तस्बिरहरू)

काठमाडाैं । काभ्रेको पनौतीमा बुधबार मुखौटा नृत्य महोत्सव मनाइएको छ।