चीनमा ट्रम्प कर नीतिको प्रारम्भिक सङ्केत– कारखानाहरू सुस्त « Khabarhub

चीनमा ट्रम्प कर नीतिको प्रारम्भिक सङ्केत– कारखानाहरू सुस्त

अप्रिल महिनाको व्यापार तथ्याङ्कले संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक युद्धका कारण स्पष्ट मन्दी देखिएको छ । उत्पादन गतिविधि सम्बन्धी बुधबार जारी एक प्रतिवेदनमा करको बढ्दो शुल्कका कारण प्रभाव परेको देखिएको छ ।


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिको असर पहिले नै चीनका कारखानाहरूमा पर्न थालेको छ ।

चिनियाँ उत्पादनका सामानहरूको आयात शुल्क १४५ प्रतिशतमा पु¥याउने ट्रम्प टेरिफ (व्यापार युद्ध) घोषणाको तीन हप्तापछि उत्पादन गतिविधि सम्बन्धी एक आधिकारिक प्रतिवेदनले अप्रिलमा चिनियाँ कारखानाहरूले एक वर्षभन्दा बढी समययताकै तीव्र मासिक मन्दी अनुभव गरेको सङ्केत गरेको छ ।

राष्ट्रिय तथ्याङ्क ब्यूरोले बुधबार प्रकाशित औद्योगिक फर्महरूको सर्वेक्षणमा यस्तो सङ्केत देखिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । यो प्रतिवेदनले अमेरिकी करले चिनियाँ अर्थतन्त्रलाई कसरी असर गरिरहेको छ भन्ने पहिलो आधिकारिक सङ्केत भनिएको छ ।

चीनले अमेरिकी सामानहरूमा आफ्नै १२५ प्रतिशत कर लगाएर अमेरिकी करको प्रतिक्रिया दिएको छ ।
व्यापारिक झगडाले अमेरिका र चिनियाँ विकासलाई खतरामा पार्छ र सम्भावित रूपमा विश्वव्यापी अर्थतन्त्रलाई समेत खतरामा पार्ने बताइएको छ ।

दुवै देशमा कठिनाइका संकेतहरू देखा पर्न थालेपछि राष्ट्रपति ट्रम्प र चीनका शीर्ष नेता सी जिनपिङमाथि गतिरोध तोड्न सम्झौता गर्न दबाब बढेको छ ।

न्युयोर्क टाइम्सले लेखेको छ – बेइजिङ र वाशिङ्टन दुवै आँखा झिम्काउन तयार देखिँदैनन् । चीनको विदेश मन्त्रालयले मङ्गलबार एउटा भिडियो जारी ग¥यो, जसमा भनिएको थियो कि चीनले ‘धम्की दिने’ को अगाडि झुक्न अस्वीकार गर्छ ।
मङ्गलबार एबीसी न्यूजसँगको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले ‘चीनले हामीलाई यसरी जर्जर बनाएको छ जसरी कसैले कहिल्यै जर्जर बनाएको थिएन ।’

आयात करको प्रभावको बारेमा उपभोक्ताहरू र व्यवसायहरूमा रहेको चिन्तालाई बेवास्ता गर्दै चीनले ‘सायद ती करहरू खानेछ’, ट्रम्पले भनेका छन् ।

– द न्योयोर्क टाइम्स

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १ : ०६ बजे

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र

कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

जुम्ला– जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि

दरवाङमा सडक कालोपत्र गर्न थालियो

दरवाङ– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

बनियानी– जिल्लामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित