चीनमा ट्रम्प कर नीतिको प्रारम्भिक सङ्केत– कारखानाहरू सुस्त « Khabarhub

चीनमा ट्रम्प कर नीतिको प्रारम्भिक सङ्केत– कारखानाहरू सुस्त

अप्रिल महिनाको व्यापार तथ्याङ्कले संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक युद्धका कारण स्पष्ट मन्दी देखिएको छ । उत्पादन गतिविधि सम्बन्धी बुधबार जारी एक प्रतिवेदनमा करको बढ्दो शुल्कका कारण प्रभाव परेको देखिएको छ ।


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिको असर पहिले नै चीनका कारखानाहरूमा पर्न थालेको छ ।

चिनियाँ उत्पादनका सामानहरूको आयात शुल्क १४५ प्रतिशतमा पु¥याउने ट्रम्प टेरिफ (व्यापार युद्ध) घोषणाको तीन हप्तापछि उत्पादन गतिविधि सम्बन्धी एक आधिकारिक प्रतिवेदनले अप्रिलमा चिनियाँ कारखानाहरूले एक वर्षभन्दा बढी समययताकै तीव्र मासिक मन्दी अनुभव गरेको सङ्केत गरेको छ ।

राष्ट्रिय तथ्याङ्क ब्यूरोले बुधबार प्रकाशित औद्योगिक फर्महरूको सर्वेक्षणमा यस्तो सङ्केत देखिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । यो प्रतिवेदनले अमेरिकी करले चिनियाँ अर्थतन्त्रलाई कसरी असर गरिरहेको छ भन्ने पहिलो आधिकारिक सङ्केत भनिएको छ ।

चीनले अमेरिकी सामानहरूमा आफ्नै १२५ प्रतिशत कर लगाएर अमेरिकी करको प्रतिक्रिया दिएको छ ।
व्यापारिक झगडाले अमेरिका र चिनियाँ विकासलाई खतरामा पार्छ र सम्भावित रूपमा विश्वव्यापी अर्थतन्त्रलाई समेत खतरामा पार्ने बताइएको छ ।

दुवै देशमा कठिनाइका संकेतहरू देखा पर्न थालेपछि राष्ट्रपति ट्रम्प र चीनका शीर्ष नेता सी जिनपिङमाथि गतिरोध तोड्न सम्झौता गर्न दबाब बढेको छ ।

न्युयोर्क टाइम्सले लेखेको छ – बेइजिङ र वाशिङ्टन दुवै आँखा झिम्काउन तयार देखिँदैनन् । चीनको विदेश मन्त्रालयले मङ्गलबार एउटा भिडियो जारी ग¥यो, जसमा भनिएको थियो कि चीनले ‘धम्की दिने’ को अगाडि झुक्न अस्वीकार गर्छ ।
मङ्गलबार एबीसी न्यूजसँगको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले ‘चीनले हामीलाई यसरी जर्जर बनाएको छ जसरी कसैले कहिल्यै जर्जर बनाएको थिएन ।’

आयात करको प्रभावको बारेमा उपभोक्ताहरू र व्यवसायहरूमा रहेको चिन्तालाई बेवास्ता गर्दै चीनले ‘सायद ती करहरू खानेछ’, ट्रम्पले भनेका छन् ।

– द न्योयोर्क टाइम्स

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १ : ०६ बजे

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ