जोखिममा रहेका सात वटा गुँडबाट गोहीको अण्डा सङ्कलन « Khabarhub

 जोखिममा रहेका सात वटा गुँडबाट गोहीको अण्डा सङ्कलन


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारमा जोखिममा रहेका गोहीका गुँडमध्ये सात वटाबाट अण्डा सङ्कलन गरिएको छ । निकुञ्जले घडियाल गोहीको गुँड खोजी गरी अण्डा सङ्कलन गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी तीमध्ये सात वटाबाट अण्डा सङ्कलन गरिएको हो । ती गुँडमा रहेका दुई सय ३२ वटा अण्डा सङ्कलन गरी गोही प्रजनन केन्द्रमा ल्याइएको उनले जानकारी दिए । निकुञ्जले राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोज्ने कार्य सुरु गरेको थियो ।

गत वर्ष राप्ती नदीमा भेटिएका १६ गुँडमध्ये आठ वटाका अण्डा निकालिएको थियो । यस वर्ष राप्ती नदीको पूर्वबाट अण्डा सङ्कलन सुरु गरिएको थियो । गत वर्ष दुई सय ४७ वटा अण्डा सङ्कलन गरी कोरलिएको मगरले बताए । उनले भने, ‘गोहीको प्राकृतिक रूपमा बच्चा कोरल्ने दर कम भएकाले हरेक वर्ष अण्डा सङ्कलन गरेर गोही प्रजनन केन्द्रमा ल्याउने गरेका छौँ ।’
 
गोहीको अण्डाबाट प्राकृतिक रूपमा बच्चा कोरल्नका लागि तापक्रम नमिल्ने भएकाले अण्डा सङ्कलन गरेर केन्द्रमा ल्याउने गरिन्छ । प्राकृतिक रूपमा बच्चा कोरल्नका लागि छोडिँदा सर्प, चराहरू र अन्य जनावरबाट हानि नोक्सानी हुने र कतिपय गुँड नदीमा बाढी आउँदा बगाउने भएकाले अण्डा सङ्कलन गर्ने गरिएको उनले बताए । अण्डा सङ्कलनका लागि निकुञ्जका छ जना कर्मचारी सहभागी छन् ।

निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गर्दछ । कोरलिएका बच्चाहरू हुर्काएर पुनः विभिन्न नदीमा छोड्ने गरिएको छ । यहाँ हुर्किनका घडियाल गोही नारायणी, राप्ती, कर्णालीलगायत नदीमा छाडिँदै आइएकामा पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । नारायणी र राप्ती नदीमा छाडिएका गोही बाढीले बगाएर भारत पुग्ने र त्रिवेणी बाँधका कारण पुनः फर्किएर आउन नसक्ने समस्या रहेको निकुञ्जका सूचना अधिकारी मगरको भनाइ छ । 

कतिपय गोही माछा मार्न प्रयोग हुने तियारी जालमा फसेर मर्ने गरेका छन् । नदीजन्य पदार्थ उत्खननलगायत मानवीय अतिक्रमणका कारण पनि गोही संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । 
 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  २ : ३२ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने