छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन कामपाको आग्रह « Khabarhub

छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन कामपाको आग्रह


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेसम्बन्धी विवरण आगामी जेठ पहिलो सातासम्ममा उपलब्ध गराउन आग्रह गरेको छ । 

सम्बन्धित विद्यार्थी र अभिभावकबाट आवेदन लिन, छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सूचना पाटीमा टाँस गर्नेलगायत विवरण आगामी जेठ पहिलो हप्ताभित्र कामपाको शिक्षा विभागमा उपलब्ध गराउन अनुरोध गरिएको कामपा शिक्षा विभागका शिक्षा अधिकृत नेत्रनारायण पौडेलले जानकारी दिए ।  

उनका अनुसार त्यसका लागि सबै संस्थागत विद्यालयलाई परिपत्र गर्दै जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र सहिदका परिवारलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउन भनिएको हो । 

छात्रवृत्तिसम्बन्धी व्यवस्थाबमोजिम विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ र ५७ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्नेसहित कानुनबमोजिम आवश्यक कानुनी कारबाही गरिने विभागले जनाएको छ । 

छात्रवृत्ति प्रदान कार्यलाई पारदर्शी र प्रणालीमा आधारित बनाउन अघिल्ला शैक्षिक सत्रहरूमा जस्तै यस वर्ष पनि ‘स्कलरसिप इन्ट्री सिस्टम’ विकास गरिएको पौडेलले बताए। 

“विद्यालयहरूले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको विवरण उपलब्ध गराउनेसम्बन्धी जानकारी गराइसकेको छौँ”, उनले भने । 

शैक्षिक सत्र २०८० मा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने करिब १३ हजार विद्यार्थीले र शैक्षिक सत्र २०८१ मा करिब १९ हजार विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका कामपाले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ३ : ४१ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा